Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

फेरि अर्को नेपाली सपनाको अन्त्य भयो क्यानडामा

$
0
0
टोरन्टो, १९ पुस । क्यानडाको टोरन्टोमा हिजो एक नेपाली महिलाको असामयिक निधन भएको छ । ४२ वर्षीया पुनम गिरीको स्थानीय रोजगारदाताकै घरमा  निधन भएको हो ।  गिरी रोजगारको सिलसिलामा  नेपालबाट इजरायल हुदै  लगभग तीन बर्ष अघि क्यानाडा आएकी हुन्। 

केयर गिभरको रुपमा कार्यरत गिरी आफ्नो काम सकेर निदाएको अवस्थाबाट नब्युझिएपछि खोजतलास गर्दा  मृत्यु भएको अवस्थामा  भेटिएकी थिइन् । हृदयघातका कारण उनको निधन भएको हुनसक्ने उनलाई चिन्नेहरुको अनुमान छ । गिरीको शव पोस्टमार्टम  लागि  अस्पताल लगिएको छ ।

गिरीको निधनप्रति शोक व्यक्त गर्दै गैर आवासीय नेपाली संघका क्यानडाका उपाध्यक्ष अभिमन्यु बस्नेतले सन्तप्त परिवारप्रति समबेदना प्रकट गरेका छन् । यस्तै गिरीको असामयिक निधन प्रति नेपाली जनसम्पर्क समितिका उपाध्यक्ष देवेन्द्र सुवेदीले पनि  गहिरो दु:ख व्यक्त गर्दै  मृत आत्माको चिर शान्तिको कामना गरेका छन् । सुवेदीले  गिरी  प्रति हार्दिक श्रद्दान्जली  अर्पण गर्दै  सम्बद्ध परिवार प्रति  हार्दिक समबेदना प्रकट गरेका छन्।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>