काठमाडौं,४ भदौं । प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा चीन भ्रमणमा गएका उपप्रधानमन्त्री एव्म अर्थमन्त्री कृष्णबहादुर महरा आज स्वदेश फर्केका छन् । बेइजिङमा उच्चस्तरीय भेटपछि महरा विहिवार छेङदु पुगेका थिए । त्यहाँबाट उनी आज काठमाडौं आएका हुन् ।
६ दिन लामो भ्रमणपछि काठमाडौं आएका महराले विमानस्थल प्रेस विफ्रिङमा भने–
–प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा मैले गरेको चीन भ्रमण एकदमै सफल भयो ।
–चिनियाँ राष्ट्रपतिको भ्रमणको सकरात्मक सन्देश लिएर आएको छु ।
–दुई दिन बेइजिङमा बसेँ । विदेश मन्त्रीसँग भेट भयो । नेपालको राष्ट्रपतिले नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपतिलाई पठाएको निमन्त्रण पत्र बुझाएँ ।
–यस विषयमा थप छलफल गरेर टुंगो लगाउने भन्ने कुरा भयो ।
–नेपालको नयाँ संविधान र नयाँ सरकारपछि चीन खुसी रहेको पाएँ ।
–यस अघि भएका सम्झौता कार्यन्वयन गर्ने र आगामी दिनमा सहयोगलाइए निरन्तरता दिने विषयमा कुरा भयो ।
–चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग पनि कुरा भयो । एकताका विषयमा चासो राखेका थिए । पछिल्लो बाम माओवादीवीचको एकताका विषयमा खुसी व्यक्त गरे ।
सरकारले उपप्रधानमन्त्रीद्वय बिमलेन्द्र निधि र महरालाई प्रधानमन्त्रीका विशेष दूतका रुपमा भारत र चीन पठाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार महरा साउन ३१ गते चीन भ्रमणमा गएका थिए भने निधि भदौ २ गते देखि भारत भ्रमणमा छन् । उनको पाँच दिने भ्रमण हो ।
बेइजिङ उड्नुपूर्व महराले दुई देशवीचको सम्बन्ध विकास र विस्तार आफ्नो भ्रमणको मुख्य उदेश्य रहेको बताएका थिए ।
बेइजिङमा रहँदा महराले के–के गरेका थिए ?
–चिनियाँ प्रधानमन्त्री चीनका प्रधानमन्त्री लि खछ्याङलाई भेटेका थिए ।
–चिनियाँ प्रधानमन्त्रीसँगको भेटपछि महरा उत्साही देखिन्थे ।
–चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेका थिए ।
विदेशमन्त्री वाङ यीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सिलाई नेपाल भ्रमणका निम्ति पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए ।
–त्यसैगरी, प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री लि खछ्याङलाई नेपाल भ्रमण गर्न सम्प्रेषण गरेको आमन्त्रणपत्र विशेष दूत महराले चिनियाँ विदेश मन्त्रीलाई दिएका थिए ।
–महरा र चिनियाँ विदेशमन्त्रीवीच करिव दुई घण्टा लामो छलफल भएको थियो ।
–चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउने विश्वसनीय वातावरणका लागि संवाद गरेका थिए । यसका लागि चिनियाँ पक्षलाई सम्पूर्ण रुपमा आश्वस्त तुल्याउन कोशिष गरेका थिए ।
–अगाडिका सरकारले चीनसँग गरेका सम्झौताको कार्यन्वयन र नयाँ सम्झौताका विषयमा वातवरण बनाउने प्रयास गरेका थिए ।
–उनले त्यहाँ अन्य सरकारी अधिकारीहरुसँग पनि भेट गरेका थिए ।