Quantcast
Channel: ScotNepal
Viewing all 20351 articles
Browse latest View live

सयुक्त राष्ट्र संघकि यूवा सम्मेलनकि युवा अध्यक्ष जोलि अमात्यले न्युयोर्कमा युवा भेलालाई यसरि सम्बोधन गरिन (हेर्ने पर्ने भिडियो :)

$
0
0
विजय थापा ,वाशिंगटन डिसी
सयुक्त राष्ट्र संघको इतिहास मै यूवा सम्मेलनको युवा अध्यक्ष बन्न सफल नेपाली चेली जोली अमात्यले ९७ राष्ट्रका १ हजार भन्दा ज्यादा सहभागीलाई सम्बोधन गरेकी छिन् l जोली सबै भन्दा कनिष्ठ तथा नेपाली मुलकी प्रथम युवा अध्यक्ष बने पछि नेपाल र नेपालीको शिर उच्च बनेको छ l सयुक्त राष्ट्र संघमा नेपाल र नेपालीको छवीलाई अझ राम्रो बनाउन सफल भएकी छिन् l पाटन निवासी बुवा जगदिस मान अमात्य तथा आमा कृष्ण अमात्यकि जेष्ठ सुपुत्री जोली अमात्य सबै नेपालीको लागि गर्वको बिषय भएको छ l र, उनि उदाहरण बनेकी छिन् l
नेपाल आमाले जोली अमात्य जस्ता छोरी लाखौ सन्तान जन्माउन l आत्मविश्वासको साथ अमेरिकाको न्युयोर्कको युएन प्रधान कार्यालयमा उनले सम्बोधन गरेको हेर्ने पर्ने भिडियो :

व्यक्ति हत्यामा पैसाको चलखेल उम्किन खोज्दै डिएसपी शाह

$
0
0
मुचुल्का र पोष्ट मार्टम रिर्पाेट लुकाएको भन्दै सुचना आयोगमा पुनरावेदन उजुरी
काठमाडौं । महिला हिंसा भो भन्दै महिला अधिकारकर्मीहरुका विभिन्न संस्थाहरुले आवाज उठाई रहेको अवस्थामा पछिल्लो समय प्रहरीसंगको मिलेमतोमा हत्यालाई आत्महत्या बनाइएको भन्दै एक महिलाका बुबा अधिकारका लागि  अहिले काठमाडौंका विभिन्न निकायहरुमा गुहार गर्दै धाइरहेका छन् ।
प्राप्त समाचार अनुसार ओखलढुंगा जिल्ला फुलवारी गाविस वडा नं. ६ का राजु खत्रीले आप्mनो श्रीमती बिष्णुमाया खत्रीलाई डोरीले घाँटी थिची हत्या गरिएको आरोप मृतकका बाबु लिलाराज थापाले लगाउँदै आएका छन् । थापाले जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपेन्द्र शाहले हत्यालाई आत्महत्या बनाउनुको साथै मृतकका बुबाले हत्याको छानविनका लागि किटानी जाहेरी दर्ता गर्न जाँदा दर्ता नलिएर उत्टै हकारोका आरोप मृतक खत्रीका बाबु थापाको छ ।
मृतकका बुबा थापाले ओखलढुंगा प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयदेखि विभिन्न निकायमा जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता नलिई अपराधीको संरक्षण गरेको भन्दै गुनासो गर्दै आएका छन् । उनले महिला आयोग, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगदेखि प्रहरीले मुचुल्का र पोष्ट मार्टम रिर्पाेट लुकाएको भन्दै राष्ट्रिय सुचना आयोगमा समेत पुनरावेदन उजुरी हालेका छन् ।
आत्महत्या भएको घटनास्थलको अवस्था हेर्दा आत्महत्या नभएर हत्या भएको अवस्था देखिने मृतकका बाबु थापाको दावी छ उनी भन्छन् छ फिट अग्लो टहरोमा ५ फिट ५ इन्चको मेरो छोरीले कसरी झुण्डिएर आत्महत्या गर्नसक्छे जुन स्थल आत्महत्या गर्न सकिने अवस्थाको छैन् । उनी अगाडि भन्छन् सानो झुपडीमा कसरी झुण्डिएर आत्महत्या हुन्छ, त्यो सरासर हत्या हो, त्यसलाई प्रहरीले मोटो रकम अशुलेर आत्महत्या बनाए ।
हत्यालाई आत्महत्या बनाएको भन्ने थापाको आरोपका सम्बन्धमा ओखलढुंगा जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेन्द्र शाहसंग प्रतिकृयाको लागि सम्पर्क गर्दा उनले यो घटनाको बारेमा बोल्न चाहेनन् । यस विषयमा एक घण्टापछि कल गर्छु भन्दै उम्किएका उनी २४ घण्टासम्म पनि सम्पर्कमा मात्र आएनन् उल्टै हामिले पटक पटक सम्पर्क गर्दापनि फोन नउठाएकोले घटनासंग उनको संलग्नतालाई अर्थपूर्ण रुपमा लिन सकिन्छ ।  - तिब्रखबर बाट 

बिग्रँदो सोच : बुद्ध र लुम्बिनिको तस्बिर पासपोर्टमा राखिनु पर्छ भन्दै टेलिभिजन च्यानल टिम नै लागेको देख्दा बढो दुख लागेकोछ।

$
0
0
बुद्ध र लुम्बिनिको तस्बिर पासपोर्टमा राखिनु पर्छ भन्दै टेलिभिजन च्यानल टिम नै लागेको देख्दा बढो दुख लागेकोछ। मरेको सोच लिएर समाज बाँचेकोछ॥ यो ऊँभो लाग्ने सोच हैन॥ एक पटक सोचौं त, देशको बौद्दिक बर्ग बस्ने कुर्चिहरुको सोच यहाँ भन्दा पर रहेनछ भने रेडियोको बिज्ञापन किन नबोलोस कि “राम्रा काठहरु भित्र राखनुस, काठ मक्किएला (यस्तो बिज्ञापन बज्दै थियो, केहि दिन अघि सुन्नु परेकोथियो मालाई पनि)!!! यस्तो बिज्ञापन बेच्नेहरुले कति पो सोच्न भ्याऊन्। धन्न सोचेकोछन्,जसो तसो। “बुद्धको फोटो लियेर हिड्ने अधिकार कसैलाई छैन यो जगत् मा” यस्तो बोल्न सक्नु पर्छ, देश! अन्यथा न शान्ति रहनेछ, न परेवा, न सेतो रङ्, न देश, न केहि। मात्र शुन्यता ॥ अनि यहि सुन्यतामा लाल झण्डा फहराऊनेछ। तर देश यो अबस्थमा रहँदा पनि एक तत्वलाई खुसि र चैन दु बै मिल्नेछ, त्यो हो ‘साम्यबाद’। साम्यबादको परिकल्पनाका जड कल्पनाका लागि देश अघि बड्दैछ। र यो पुरा अबस्य हुनेछ। यस्तो नराम्रो समय आऊनेछ भन्ने कुरा यो देशमा बुज्छ भने त्यो “प्रचण्ड” बुज्दछ किनकि ऊनेले शक्तिखोरको को भिडियोमा बकाईदा दुई जटिल सिद्दान्तहरु प्रयोग गरेकाछन्- १ शब्दको सिद्दान्त (जुन को प्रयोगले दार्शनिकहरु दार्शनिक बन्दछन, र एरिस्टोटल जस्ता महामानबहरु “रेटोरिक्, RHETORIC” जस्तो दर्शन लेख्दछन्), २ हो नै ‘होइन’ हो र होईन नै ‘हो’ हो (यो सिद्दान्त आफैंमा सिदान्त र नियम दु बै होइन र हो पनि दु बै हो।यो दार्शनिकहरुको शुरुवाति चरणको दु बिदात्मक चरणको एक समय हो। यो समयमा सोच यहि रहन्छ र सग सँगैं दार्शनिकहरुलाई सिद्दान्तकार जस्तो रिसर्च गरि कुनै सिद्दान्त पनि प्रमाणित शिद्द गर्नु पर्दैन किन कि ऊनिहरु यहि नियम झैं लाग्ने सिद्दान्त को प्रयोग गर्छन् )। र यस्तो बिस्वकै जटिल सिद्दान्त प्रयोगको शिकारु चरणमा रहेको भड्किलो दिमाग छ प्रचण्ड सँग,र सँग सँगै यिनि ‘कौटिल्यले कहि पनि घमण्डलाई घृणा गरेका छन् र त कौटिल्य घमण्ड भन्दा पर रहन्छन्, यो घमण्ड माथिको बिजय घमण्ड बाटनै सिद्दछ।’ यसको ठिक ऊल्टो नियम स्वयम् बनाएर क्यबिनेटका सयौं मुद्दा यिनले आफ्नो हितमा प्रयोग गरेकाछन्। किनकि ऊनले ऐक नियम बनायका छन् ‘अति सङ्कटमा घमण्ड ऊग्र गराऊनु”। गलत अर्थ नलागोस्, कति पय जनाबर हरु आँफुलाई भोक लाग्दा यहि नियमको प्रयोग गर्दछन् (बिज्ञान बुझ्नेका लागि यो बाक्याँम्श खुल्लाछ)।
नेपाल को रजनितिमा यदि प्रचण्ड जिऊदो रहनेछ र भोलि देश ‘भत्कियेर राम्रो लाग्दो’ भयो भने या प्रचण्डको ‘लिबर्टि’ जस्तो सालिक नेपालमा बन्यो भने यहि कारण र सिदान्त बाट बन्छ।यो कुरा बुज्दछ प्रचण्ड।प्रचण्ड धेरै बाठो पात्र हो नकि टाठो। यसले यदि केहि बुझ्दैन भने त्यो हो जो ‘अभिमन्यू’ले बुझ्न सकेन। यिनले देश थर्कायेका हुन ‘राम्रो’ को लागि। तर त्यहि समयको ऊपजबाट निस्केको भौतिक या अभौतिक तत्वमा पर्ने भौतिक या अभौतिक असर त्यो दिमागले काट्न सकेन र सक्दैन, न त त्यो दिमाग, स्पस्ट बोल्न सक्छकि तिमि भिश्म पितामह हौ, तिमि द्रोणाचार्य हौ, तिमि कर्ण हौ आदि।मात्र सगैं सिद्दिने या सिद्याएर सिद्दिने भन्ने सोच बाँच्दछ। (जसले माओको पुस्तक हेर्नु भएको छ, त्यहाँ पानि यस खालको झलक सिकाई मिलेको नै होला)।
अब बुझ्नु के छ भने यति बाठो र राम्रो प्रचण्ड, शब्दको सिद्दान्त को प्रयोग मनुश्यहित बिपरित गर्दैछ, प्रणि र जगत् को हित बिपरित गर्दैछ किन बुज्न सक्नुहुन्छ? समय आऊछ, बुझ्न पाईनेछ। सामान्य मस्तिस्क रिसाऊन सक्छ, यो स्वभाबिक पनिछ। बुज्नु के छ भने, खुदको पुस्ता अतित सँग घृणा नराखोस्।
धन्यबाद्

यी यस्ती नायिका हुन् जसले धनीका छोरालाई आफ्नो जवानी बिक्री गर्छिन्

$
0
0
काठमाण्डौं । बिगत केही वर्ष देखी नेपाली चलचित्र क्षेत्र ओरालो लागेको छ । यसको मुख्य कारण चलचित्र नितीप्रति सरकारको उदासीनतालाई प्रमुख दोश दिन्छन् चलचित्रकर्मीहरु । तर चलचित्र क्षेत्रले उद्योगको रुप लिन नसक्नुमा उनीहरु नै दोशी रशेको आरोप पनि लाग्ने गरेको छ ।
पहिले पहिले दर्शकको मनोरञ्जनका लागी चलचित्र निर्माण गरिन्थ्यो र चल्थे पनि कमाई राम्रै हुन्थ्यो तर पछिल्लो समयमा मुस्किलले १ हप्ता चल्न पनि गारो भएको छ । योसँगै पुराना चलचित्रकर्मीहरु पलायन हुदै गईरहेका छन् भने दिनानुदिन भित्रिएका नयाँ चलचित्रकर्मीहरुका कारण यो क्षेत्र झन् ध्वस्त हुदै गएको छ । विशेष गरी दर्शकको मनारञ्जन भन्दा पनि निर्माता तथा निर्देशकको मनोरञ्जनको लागी चलचित्र निर्माण गरिनाको कारणले निर्माताको लगानी डुब्ने मात्र होईन चलचित्र क्षेत्रलाई नै समाजले बदनामीको नजरले हेर्ने गरेको चर्चा सुन्ने गरिन्छ ।
नेपाली चलचित्र क्षेत्रमा पैसा र वैंशको खेल चल्ने गरेको कारण पनि आरालो लाग्ने गरेको छ । कोही नवयुवाले पैसा खर्च गर्दा उसलाई सुहाउने नसुहाउने जे भए पनि नायक बनाई दिने अनि युवतीले आफ्नो वैंश ओछ्याउन तयार भएमा नायिका बनाईदिने कारणले गर्दा चलचित्रको स्तरीयतामा सुधार हुनुको सट्टा झन ओरालो लाग्दै गएको हो । अझ भन्नु पर्दा केही यउस्ता उदाहरण पनि छन् निर्माता निर्देशक मिलेर एक रात होटलमा बस्ने अनि केही टंकिस र सेक्सका दृष्य समाबेस गरेर चलचित्रको कथा तयार गर्र्ने । पैसा र वैंशको खोजीमा चोक चोकमा कथा सुनाउँदै हिड्ने र पैसा दिन तयार हुने युवकलाई नायक बनाई दिने वैंश दिन तयार हुने युवतीलाई नायिका बनाई दिने प्रवृत्ति हावी हुनु नै नेपाली चलचित्र बजार ध्वस्त हुनु हो । यो प्रवृत्तिको कारण धेरै युवतीहरु समेत बदनाम हुदै गएका छन् । यस्तै एउटा बदनाम युवती बनेर आउँदै छिन् नवनायिका महिमा सिलवाल ।
नवनायिका महिमाले वैंश ओछ्याएर यो क्षेत्रमा आईन् या के गरेर आईन् त्यो उनले नै जान्ने कुरा हो तर उनले एउटा चलचित्रमा आफ्नो जवानी प्रयोग गरेर धनीका छोरा फसाउने भूमिका निर्वाह गरेकी छिन् । उनले पुराना निर्देशक दयाराम दाहालको चलचित्र मिसन फोर ट्वान्टीमा त्यस्तो भूमिका पाएकी हुन् ।
भल्गारिटी आफुलाई मन नपर्ने बताउने महिमा छोटो लुगा लगाएर क्यामेरा अगाडी उभिने मामलामा भने निकै अगाडी छिन् ।
‘हिरोइन भएपछि अलिकति सेक्सी त हुनैपर्छ तर, भल्गर हुन हुन्न’ महिमाले भन्छिन्,‘त्यो फिल्ममा मेरो सुन्दरता प्रस्तुत भएको छ भल्गारीटि छैन ।’ फिल्ममा धनीमानीका छोरा पट्याउने एउटी चालु युवती भुमिका निर्वाह गरेकी महिमा त्यस्तो भुमिकामा पनि आफु सम्वेदनशील भएको बताउँछिन् । ‘मिसन फोर ट्वान्टीमा चाहेको भए म पनि भल्गर रुपमा प्रस्तुत हुन सक्थेँं, तर, त्यस्तो गरिन’ उनको गफ थियो ।  -  तीव्रखबर

घर भाडामा दिएपछि सुत्ने कोठामा के हुन्छ भनेर हेर्न मिल्दैन

$
0
0
मुम्बइ । बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले घरधनीले घर भाडामा लगाएपछि कोठामा के हुन्छ भनेर चिहाउन नहुने बताएकी छिन् । उनले आफ्नो घरमा भएको यौन धन्दावारे आफुलाई कुनै जानकारी नभएको बताएकी छिन् । घर भाडामा लगाएपछि आफु उक्त घरमा नगएको पनि उनले जानकारी दिइन् ।
एक कार्यक्रममा सहभागी हुन दिल्ली आइपुगेकी प्रियंकाले घर भाडामा लगाउने ब्यक्तिलाई भाडामा बस्नेको चोटाकोठा चाहर्ने अधिकार नभएको बताइन् । ‘घर भाडामा दिएपछि उसको शयनकक्षमा के हुन्छ भनेर घरधनीले हेर्न मिल्दैन ।’ उनले भनिन् ।
प्रहरीले जनाएअनुसार प्रियंकाको अँधेरीस्थित फ्ल्याट भाडामा लिएर केही महिलाले यौनधन्दा सञ्चालन गरेका थिए । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रियंकाले प्रहरीको अनुसन्धान सकिएपछि सबै कुरा स्पष्ट हुने बताइन ।
यौन धन्दा कानुन विपरित कार्य भएको भन्दै प्रियंकाले प्रहरीलाई आफुले सघाउन तयार रहेको जानकारी दिइन् । उनले भनिन्( ‘भारतीय समाजमा यौनधन्दा गैरकानुनी काम हो, यस्तो काम गर्नेबिरुद्ध म प्रहरीलाई सघाउन तयार छु ।’

जाेया सँगै नेपाली आमा दिदी बहिनी का लागि किन बाेलिदैन ?

$
0
0


अर्जुन घिमिरे सुसार । दाेहा ।
सुन्तलि, बाटुलि , पुतलि, मिन्चिरि, माथ्लाघरे राईलि, माझघरे साईलि, तल्लाघरे जेठि, घुमाउने घरकि ठाइलि, थुम्काकि ठुलि कान्छि, रधिया, बिन्दिया, झुमरिया, डाेल्मा, आँकान्सि, ताँम्साकि, लवाङ्कि, कचि, सिङ्कचि, थेउस्याेकालि, लगायत आमा दिदी बहिनिहरु माथि सदियाै देखि भईरहेकाे अन्याय अत्याचार बारेमा चुईक्क बाेल्न नसक्ने ।

घरमा श्रीमती लाई भुत्ल्याउने, भकुर्ने , घरमा बुढि हुदा हुँदै कान्छि ताक्ने , श्रीमान ले रगत र पसिना सँग साटेकाे पैसा ठिटा पाल्न मा खर्चिने , आफ्नाे प्रेमि वा प्रेमिका लाई चाैधारा रुवाउने , अनि एकै पटक दुई तीन वटा प्रेमि प्रेमिका बनाउने , कपडा बदले जसरि प्रेमि फेरिरहने ।

छाेरा नपाएकाे निहुमा , दाईजाे नल्याएकाे निहुमा , पेटमा छाेरि छ भनेर भ्रुण हत्या गर्ने, छारिलाइ अंश नदिने, अँग प्रदर्शन मा प्रेरित गर्ने वा बाध्य बनाउने, एक्लै नारि देख्नसाथ पापि नजर लगाउने,  बिधवा, दलित , गरिब , बृद्द र बिरामि  नारि लाई घृणा र तिरस्कार गर्ने  । प्रेमकाे नाटक रचेर पेट बाेकाउने अनि उल्टै महिला लाई लान्छना लगाउने ।

घरमा सासु ससुरा लाई गाउमा भत्केकाे घरमा छाडेर शहरमा लालि पाउडर घसेर बस्ने , पल्लाे घरे साइलि लाई कुट्न साइला लाई उक्साउने महान् महिला अधिकारकर्मिहरु पुरुष महासय हरु कत्ति चिच्याउनु हुन्छ जाेया का लागि ?? अब त फूटेका आँखाले छामेर पनि थाहा पाउनु पर्ने नेपालका घटना बारे ।

कि गाेराे छाला भएका लाई न्याय दिईनु पर्ने नेपालि लाई जमाना देखि अन्याय अत्याचार सहदै आएका हरुलाई न्याय दिलाउने पाप हाे ??

जाेया का लागि हामी सबैले बाेल्नु पर्छ तर जाेया जस्ता लाखाै घटनाहरु हाम्राे घर छेउमा घटिरहेका छन ती घटना हरुमा किन माैन हामी ??

कहिले बाेलिन्छ हामी , जाेया लाई अधिकार दिलाउन का लागि फेसबुकका भित्ताहरुमा निकै दर्शन छाँटिरहेका हामिले कहि कतै महिला अधिकार हनन गरेका त छैनाैँ ???  कतै हामी आफैले कसै माथि अपराध गरिरहेका त छैनाैँ साेचाै त ....
      जाेया लगायत नेपालमा सदियाै देखि अन्याय अत्याचार भाेगेका नेपाली समेपुर्ण नारिहरु ले तब न्याय पाउँछन् जब हामी सबै फेसबुकमा जाेयाका लागि दुई शब्द लेखेर बुर्कुसि मारेर हाेईन कुना कन्दरामा भएका महिला हरुलाई अधिकार दिलाउछाै । कमसेकम जब हामी म बाट र मेराे छिमेक बाट महिला हिँसा हुन दिदैनाै भन्ने प्रण गर्छाै तब जाेया ले न्याय पाउने छिन ।।

मन सफा राख्नुस, घर सफा राख्नुस।समाज सफा राख्नुस देश सफा हुन्छ विश्व सफा हुन्छ ।
घरमा डुङ्गुर फाेहाेर राखेर विश्व सफा कसरी गर्नुहाेला ??

नेपाली आमा, दिदी बहिनि हरुलाइ न्याय दिने प्रयत्न गर्नुस त जाेया काे मनले खुशि पाउने छ ।

जय नारि ।

चर्चित हाँस्य कलाकार पुर्खे बा रुखबाट खसे पछि गम्भीर घाइते

$
0
0
मोफसलको राजधानी बुटवल देखि धेरै कलाकारको आफ्नो यात्राको सुभारम्भ भएर देश विदेश सम्म आफ्नो नाम चम्काउन सफल भएका छन l तिनै कलाकारको बिचमा एउटा छुटाउने नहुने नाम हो "पुर्खे बा"मोफसलका धेरै स्टेजहरुमा आफ्नो प्रस्तुति दिन भ्याए नभ्याई भएका पुर्खे बा पेशाको हिसाबले शिक्षक हुन् l आफ्नो मास्टर डिग्री को पढाई समेत सके सकेका पुर्खे बा बुटवलकै चर्चित होराइजन बोर्डिङ्ग स्कुलमा अतिरिक्त बिसयमा अध्यापन गराउने गर्छन, आफ्नो मेहनत, शिक्षा , र पृष्ट भुमि राम्रै भएका कारणले गर्दा पनि हरेक महोत्सबहरुमा उनि छुटेका हुदैनन् l हाल बुटवलकै चर्चित टेलिभिजन बुद्ध सामुदायीक टेलिभिजनमा पुर्खे बा नामक कार्यक्रम चलाएर यो छेत्र र यसको आसपासमा रहेका दर्शक हरुलाई पेट मिची मिची हसाउने गर्छन l अहिले तीजको माहोल झन् पछि झन चर्कीरहेको अबस्थामा "पुर्खे बा को बेदना "नामक गीती संग्रह बजारमा सार्बजनिक गरेका छन् , शब्दको भण्डारण नै भएका पुर्खे बा ले आफ्नै छोरा छोरी ले साथ् नदिएको दुख दिएको , श्रीमतीको कुरा सुनेर समेत छोराले गलहत्याएको र सहारा नपाएर बिरद्धाश्रममा अन्तिम जिन्दगी बिताउनु परेको बाध्यता जस्ता कुराहरु समेटिएको छ l अविरल फिल्म्स प्रा. लि . ले बजार व्यवस्थापन तथा दृश्य निर्माणको जिम्मा लिएको भिडियोको निर्देशन निर्देशक बिष्णु भट्टराईले गरेका छन्, पुर्खे बा, मीना, कुलचन्द पुरी लगाएतका कलाकारको अभिनय रहेको भिडियो दर्शकले अत्यधिक मन पराएका छन हेरौ सोहि भिडियो,

बुदीले वाईफाई जोडी देउन बुदा तीजको गीत डाउन्लोड गर्नको लागि भने पछि के भयो होला ??? जान्नको लागि पुरा भिडियो हेर्नुहोला ||


सगरमाथाकी छोरी जसको फेसबुक स्टेट्स नै न्युज बन्छन्

$
0
0
पछिल्लो समय प्रन्चंड पुत्र प्रकाशको आखाको तारो बनेकी सावित्री फेसबुक मा झन् आक्रामक हुदै गएकी छन् . हिजो मात्र एउटा स्टेट्स लेखेर प्रचण्डलाई प्रश्न गरेकी छन्. उनले लेखेकी छन्
माओबादीले  जातीय राज्यको नारा उचाल्यो-कहि मगराँत, कहि तमुवान, कहि थरुवट, कहि लिम्बूवान्, कहि नेवा, कहि अवध राज्य।
खै कहाँ छ के ब्राह्मणको राज्य? के ब्राह्मणको अस्तित्व नै छैन्?
अन्य जातिलाई ब्राह्मणको विरुद्ध उचालेर जातीय मोडालिटीको नेतृत्व गर्ने तपाई पार्टी सुप्रिम कमान्डर हो कि होइन ? जातिय सहिष्णुता कायम हुनुपर्छ मेरो बुझाई हो।
ब्राह्मणको छोराले टुप्पी कसेर पढ्छ, उन्नति प्रगति गर्छ हरेक सामाजिक संरचनामन उसको वर्चस्व हुन्छ अनि प्रगती गर्न नसक्ने दया र भिखमा बाँचेकाहरुले ब्राह्मणवाद मूर्दावाद भन्दै कुर्लन्छन्, यो कत्ति सुहाँउदो रहेनछ।
अग्लो रुखलाई काटेर होचो रुखमा गाभ्दैमा समानता हुन्छ? होचो रुखलाई जैविक-मल, पानी र सुसार गरेर अग्लो विचार पाल। मलाई अचम्म लाग्छ कस्तो खालको समानताको बहश गर्छौं साथीहरू। सवलीकरण गरौं समानताको कुरा गरौं, लुटेर,चोरेर धनी हुने सपना नपालौं -मिहिनेत गर्न सिकौं-कुनै कुरा अाफैले अार्जन गर्न सिकौं। 
ब्राह्मण राज्य शोषणको कारक होइन।
यो सहिष्णुता खलबलाउन चाहने कथित माअोवादी सोचमा हाम्रा जात-जाती परेको सत्यता स्विकार्ने कि नस्विकार्ने? जातीय राज्य चाहियो रे उनीहरुलाई र ब्राह्मणवादी एकात्मकवादी सोचका कारण पछाडि परे रे उनीहरुको यहि सोच परिवर्तन हुन जरुरी छ। जातका नाममा राजनीति गर्ने परिपाटी बन्द हुनुपर्छ। 
अाजसम्म ब्राह्मणको खेदो खनिएको छैन र? जसरी चाणक्यले प्रण गरेर मगध राज्य कब्जा गरे, ब्राह्मणले पुन जाग्ने दिन नअाअोस्। के ब्राह्मणका विरुद्ध अावाज उठ्दा ब्राह्मणले सहेकै छन् त। 
कुनै जातिलाई गाली गलौज गर्न खोजेको होइन । वर्गीय अाधारमा अारक्षण दिईयोस्-जातीय अारक्षण खारेज गरियोस्। वास्तविक गरीबले अारक्षण पाउनुपर्छ तर गलत ढङ्गबाट बाढिएको अारक्षण तत्काल बन्द गरियोस् हैन भने ब्राह्मणलाई पनि अारक्षण दिईयोस्।
- nznepal.com

किन सहजै यौनसम्पर्क गर्न मान्दैनन् केटी साथी ?

$
0
0
– डा. राजेन्द्र भद्रा


म आफ्नी गर्लफ्रेन्डसँग यौनसम्पर्क गर्न खोज्छु । मैले धेरै पटक टङ किस र ब्रेस्ट किस गरें । त्यति गरे पनि उनले यौन सम्पर्क गर्न भने दिइनन् । उनी आफूलाई कन्ट्रोल गर्छिन् । किन होला ?


विवाहपूर्व यौनसम्पर्कको तयारी
तपाईंले आफ्नो सन्देशमा तपाईं तथा तपाईंकी केटी साथीको उमेर लेख्नुभएको छैन, तर पनि तपाईंहरू युवावस्थामै हुनुहुन्छ र विवाह गर्न पनि बाँकी नै छ भन्ने अनुमान गरेको छु । तपाईंलाई थाहा भएकै कुरा हो कि युवा अवस्थामा यौनेच्छा तीव्र हुन्छ ।

अचेल विवाहको उमेर पछिल्तिर धकेलिएको हुनाले यसरी यौनेच्छा तीव्र हुने उमेरमा पनि हामीले सहज रूपमा यौनसम्पर्क राख्न भने पाउँदैनौं ।

यसकै लागि विवाहभन्दा पहिले विभिन्न तरिकाले यौनसम्पर्क राख्ने ध्येयअनुसार सम्बन्ध बढाइन्छ र आफ्नो साथीलाई त्यसका लागि तयार गर्न विभिन्न क्रियाकलाप पनि गरिन्छ ।

तपाईंले यो स्तम्भमा पहिले पनि विवाहपूर्वको यौनसम्पर्कले रहने अनिश्छित गर्भ र त्यसले ल्याउने स्वास्थ्य समस्या अनि सम्बन्धलाई गोप्य राख्न नसक्दा अनेकन् सामाजिक समस्या सामना गर्नुपर्ने कुरा पढ्नु नै भएको होला ।

तपाईंले केटी साथी भन्नुभएको छ । तपाई र तपाईंकी केटीसाथीको सम्बन्ध कत्तिको गहिरो छ भन्ने कुरा तपाईंको चुम्बनजस्ता क्रियाकलापले दिए पनि विस्तृत रूपमा त्यसका बारेमा केही उल्लेख छैन । तपाईंको सम्बन्ध कत्तिको प्रणयपूर्ण छ, लेख्नुभएको छैन ।

शारीरिक रूपमा यस्ता क्रियाकलापमा नजिक भए पनि भावनात्मक रूपमा नजिक नभैसकेको हुने सम्भावना पनि त्यतिकै छ । विचार गर्नुपर्ने कुरा के छ भने तपाईंहरूको गहिरो प्रणयपूर्ण सम्बन्ध छ भने तपाईंहरूको सम्बन्ध यौनसम्पर्क राख्नेतिर मात्र हुँदैन भन्दा अतिशयोक्ति हुँदैन । यौनसम्पर्कलाई धेरैजसो समाजमा शारीरिक सम्बन्ध भनिए पनि यो त्यति नै मानसिक कार्य पनि हो । त्यसको सन्दर्भमा पनि तयार भए–नभएको कुरा पनि त्यति नै महत्वपूर्ण छ ।

अधर र स्तन चुम्बनले पनि किन काम नगरेको ?
तपार्इंले महिलाहरू कसरी उत्तेजित हुन्छन् भन्ने कुराको अध्ययन गरेर आफ्नी केटी साथीलाई यौन उत्तेजित गराउने प्रयास गर्नुभएको देखिन्छ । सामान्य व्यक्तिलाई सामान्य अवस्थामा गहिरो चुम्बन र स्तनको चुम्बन वा मर्दनजस्ता कुराले उत्तेजित तुल्याउँछ ।

सामान्य सम्बन्धको अवस्थामा यस्ता कुरा यौनसम्पर्कको तयारीका रूपमा तर यौन उत्तेजना ल्याउन मदतगार हुने गरेको पाइन्छ, तर तपाईंहरूको सम्बन्ध विवाहपूर्वको स्थितिमा छ भने अर्कातिर दुवै जना तयार पनि नभएको स्थिति देखिन्छ ।
बुझ्नुपर्ने कुरा के हो भने यौन उत्तेजना हुनु र यौनसम्पर्क एउटै कुरा होइनन् । सामान्य अवस्थामा प्रायश: यौनसम्पर्कका लागि यौन उत्तेजना आवश्यक मानिन्छ तर यौन उत्तेजना भयो भन्दैमा यौनसम्पर्क राख्ने परिस्थिति हुँदैन भन्ने कुरा त तपाईंलाई पनि थाहै होला । नत्र किशोरावस्थामै धेरैको यौनसम्पर्क भैसक्थ्यो होला । अर्कातिर विशेष गरेर जबरजस्ती यौन सम्पर्क गरिँँदा पनि महिलाहरू यौन उत्तेजित नभएका हुन सक्छन् ।

पहिलो कुरा त यौन चाहना भए पनि शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि उहाँ यौनसम्पर्कका लागि तयार हुनुपर्‍यो । यौनसम्पर्क राख्न तयार भए पनि जो कोहीसँग सहजै यौनसम्पर्क राख्ने कुरा भएन, त्यसैले कुनै खास व्यक्तिसँग यौनसम्पर्क राख्ने कि नराख्ने भन्ने विषयमा पनि सोच्ने भयो ।

त्यसबाहेक उहाँको मूल्य–मान्यताको विकास कसरी भएको छ भन्ने कुरा पनि त्यति नै महत्त्वपूर्ण छ । उहाँले विवाहपूर्व कुमारित्व भङ्ग नहोस् भन्ने चाहना राख्नुभएको पनि हुनसक्छ । तपाईं उहाँको नजिक हुनुभएकाले उहाँको भावना बुझ्न सक्नुहुन्छ र उहाँको भावनाको आदर गर्दै भावी क्रियाकलापलाई अघि बढाउन सक्नुहुन्छ ।

महिलाले किन सहजै यौनसम्पर्क गर्न मान्दैनन् ?
केटा अर्थात पुरुषको तुलनामा महिलाहरू यौनसम्पर्कका लागि सहजै तयार हुँदैनन् भन्ने कुराको जीव वैज्ञानिक आधार पनि छ । त्यसका बारेमा पनि छोटकरीमा चर्चा गरौं । जीव वैज्ञानिक आधारमा कुरा गर्ने हो भने महिला तथा पुरुषमा आधारभूत भिन्नताहरू छन् र यो कुरा उनीहरूको यौन क्रियाकलापमा पनि लागू हुन्छ ।

जीव वैज्ञानिक रूपमा कुनै पनि जीवित प्राणीको ध्येय आफ्नो प्रजातिको विस्तार गर्नु हो, जसका लागि सबल सन्तानको जन्माउने मात्र होइन, त्यसलाई राम्रोसँग हुर्काउनु पनि पर्ने हुन्छ । जीव वैज्ञानिक रूपमा सन्तान हुर्काउने जिम्मेवारी स्वभाविक रूपमा महिलाको बढी हुन्छ । त्यसैले पनि महिलाले यौनसम्पर्क राख्नु भनेको यो अभिभारा बहन गर्नु पनि हो । महिलाहरू सन्तानलाई स्तनपान गराउने वा हेरचाह गर्ने मात्र होइन, भविष्यमा आफ्नो र सन्तानको खाना र सुरक्षाको प्रत्याभूतिलाई पनि मध्यनजर गर्छन् ।

त्यसका लागि सामान्यत: महिलाले गर्भधारण गर्नुअघि नै कुन पुरुषले आफूलाई दीर्घकालीन साथ दिन्छ वा दिँदैन, आफू र जन्मिने सन्तानप्रति समर्पित रहन्छ वा रहँदैन र सन्तान सबल बनाउन तथा उसलाई हुर्काउन खाना अनि सुरक्षाजस्ता कुराको व्यवस्था गर्न सक्छ कि सक्दैन भन्ने कुराका बारेमा पनि विचार गर्छन् । यी कुरा महिलाले सचेत रूपमा सोचेर गर्ने भन्दा पनि जीववैज्ञानिक रूपमा स्वभाविक रूपमै पनि हुन्छ । अहिलेको आधुनिक समाजमा पनि विभिन्न रूपमा यसलाई सिकाइएको पाइन्छ ।

यिनै कारणले महिलाहरू पुरुषको तुलनामा सहज रूपमा यौनसम्पर्क राख्न गर्न मान्दैनन् । अर्को किसिमले यौनसम्पर्कको नियन्त्रण आफूमा राख्नु महिलाहरू शक्तिशाली स्थितिमा हुनु पनि हो । तपाईंको सम्बन्धप्रतिको प्रतिबद्धता, समर्पण अनि भावी सन्तानको हेरचाह र सुरक्षाको प्रतिभूति हुने किसिमको सम्बन्ध तपाईंहरूबीच हुनु आवश्यक छ । यौनसम्पर्कका लागि विवाहसम्म पर्खने कुरा पनि यसैसँग सम्बन्धित छ ।

आशा गर्छु, तपाईंले आफ्नो सम्बन्धमा प्रगाढता ल्याउन उल्लेखित कुराहरू लागू गर्नुहुनेछ । अर्को कुरा, उमेर पुगेको छ र सामाजिक रूपमा सबल हुनुहुन्छ भने विवाह गरे पनि त भयो नि, होइन र ? न्यूज अभियानबाट


कमलको परदेश यात्रा- सिटमा बसेर गए, सुतेर रुँदै फर्किए !! कारुणिक भिडियो

$
0
0
नभन्दै कमल अगस्ट १ तारिखमा बिहानै साइकल चढेर ड्युटी जाने क्रममा कारको ठक्करबाट दुर्घटनामा परे । ठक्कर दिने कारको मालिकले नै एम्बुलेन्स र प्रहरीमा खबर गरिदियो । अस्पतालमा जाँच गर्दा दाहिने खुट्टा भाँचिएको देखियो । ढाडमा गम्भीर चोट लागेर केही चर्किएको र केही भाँचिएको रहेछ ।

नेपालमा रोजगारीका लागि अाए एक हजार तीन सय ९८ जना विदेशी

$
0
0
काठमाडौं । देशमा अवसर नपाएर लाखौं नेपाली वैदेशिक रोजगारीका लागि बिभिन्न देशमा पुगेका छन् । तर, विश्वका बिभिन्न देशका एक हजारभन्दा धेरै विदेशी भने नेपालमा श्रम भिसा लिएर काम गर्दै आएका छन।
अध्यागमन व्यवस्था विभागका अनुसार एक हजार तीन सय ९८ जना विदेशी नेपालमा कामदार भिसामा कार्यरत छन् । धेरैजसो हाइड्रोपावर र एनजिओमा कार्यरत रहेको विभागले जनाएको छ ।
‘मन्त्रालयको सिफारिसमा वर्किङ भिसा’
केही उच्च तह र केही सामान्य किसिमको कामका लागि नेपालमा ‘वर्किङ भिसा’ लिएर बस्दै आएका छन् । ‘वर्किङ भिसा’मा काम गर्नेहरु धेरैजसो जलविद्युत र एनजिओ क्षेत्रमा छन् ।
गृहमन्त्रालयको कार्यादेश र बिभिन्न मन्त्रालयको सिफारिसका आधारमा आफूहरुले ‘वर्किङ भिसा’ दिने गरेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले बताए । उनका अनसार तीन हजारभन्दा धेरै विदेशी नेपालमा व्यावसायमा छन् ।
आर्थिक वर्ष ०७२र७३मा तीन हजार एक सय ७८ विदेशीले नेपालमा व्यावसाय गर्न भिसा लिएका छन् । नेपालमा व्यावसाय गर्नेमध्य सबैभन्दा धेरै चिनियाँ छन् । चिनियाँपछि कोरियन र जापानी छन् । भारतीयको हकमा भने भिसा लिनु आवश्यक छैन ।
नेपालमा अध्ययन गर्न आएका विदेशी विद्यार्थी एकहजार नौ सय ११ छन् । मेडिकल र भाषा पढ्न विदेशीहरु नेपाल आउने गरेका छन् ।
त्यसैगरी ४२ जना विदेशी नेपालमा आवासीय भिसा लिएर बसेका छन् । आवासीय भिसा लिएर जति वर्ष पनि बस्न पाइन्छ । त्यसका लागि आर्थिक स्रोत देखाउनुपर्ने हुन्छ । अाजकाे नयाँ पत्रिकामा समाचार छ  ।

भविष्यमा हुने चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको २ एजेण्डा जसले भारतलाई महाटेन्सन दिएको छ !

$
0
0
चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन (सीआईसीआईआर)का अध्यक्ष प्रा जी झेईको नेतृत्वमा २४ साउनमा आएको पाँच सदस्यीय चिनियाँ भ्रमण टोलीले चार दिने नेपाल बसाइँमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’लगायत प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्‍यो । नागरिक संगठनका कार्यक्रममा पनि टोली सहभागी भयो । यी सबैजसो भेटघाट र छलफलमा प्रमुख विषय बन्यो, चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणको तयारी । नेपालसँगको भेटमा प्रतिनिधिमण्डलका सदस्य प्रा हु सिसेङले भने पनि, “हामीले सबै पक्षसँग अन्तक्र्रिया गर्‍यौँ । यहाँको वातावरण जे पायौँ, त्यो प्रतिवेदनका रूपमा (चीन सरकारलाई) दिन्छौँ ।”
सिसेङको यो भनाइबाट बुझ्न गाह्रो छैन, राष्ट्रपति जिनपिङको भ्रमणका लागि नेपाल पक्षबाट भइरहेको तयारी चीनका लागि अहिलेको प्रमुख चासो हो । गत चै तमा चीनसँग रणनीतिक महत्त्वका समझदारी गरेको केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित भएपछि जिनपिङको दक्षिण एसिया यात्रामा अनिश्चितताको बादल मडारिएको थियो । त्यही बुझेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारले दुई उपप्रधानमन्त्री कृष्णबहादुर महरा र विमलेन्द्र निधिलाई दुईतिर विशेष दूतका रूपमा पठाउने निर्णय गर्‍यो, जसको प्रमुख उद्देश्य चिनियाँ राष्ट्रपति जिनपिङको आसन्न नेपाल भ्रमण सम्भव र सफल तुल्याउनु नै हो ।
दूत कूटनीति
दक्षिणी छिमेकीलाई विश्वासमा लिन नसक्दा ओली सरकारले बेहोरेको असुविधा र आफ्नै प्रथम प्रधानमन्त्रित्वको असफल कार्यकालको पाठ बुझेर नै सही, प्रधानमन्त्री प्रचण्डले एउटै मन्त्रिपरिषद् बैठकबाट दुई दूत उत्तर र दक्षिण पठाएर दुवै मुलुकसँग सन्तुलित सम्बन्ध बढाउन खोजेको सन्देश दिए । यद्यपि, प्रचण्ड सरकारको विशेष दूत पठाउनुपर्ने खास बाध्यताचाहिँ भारतभन्दा बढी चीन हो । किनभने, आफ्ना राष्ट्रपतिको दक्षिण एसिया भ्रमण नेपालको राजनीतिक उतारचढावका कारण प्रभावित हुन्छ कि भन्ने चिनियाँहरूको केन्द्रीय चासो हो, जुन कुरा चिनियाँहरूले प्रत्यक्ष–परोक्ष रूपमा भन्दै आएका छन् कि राष्ट्रपतिको भ्रमण नेपालको अवस्थामा भर पर्छ ।
ओली सरकारसँग भएका सम्झौताहरूको भविष्य के हुन्छ भन्ने प्रश्न त चिनियाँहरूले सरकार परिवर्तन हुनुअघि नै उठाएका थिए । हालका उपप्रधानमन्त्री महराले नयाँ सरकार निर्माणको खेल चलिरहेकै बेला चिनियाँ राजदूत ऊ चुन्थाईसँगको कुराकानीबारे एक अनलाइनलाई १८ जेठमा भनेका थिए, ‘मैले सीधै भनेँ, ओलीजीको सरकार परिवर्तन भएर प्रचण्डजीको सरकार बन्यो भने तिमीलाई आपत्ति मान्नुपर्ने के ? वामपन्थीको नेतृत्वको सरकारलाई समर्थन गर्ने हो तर प्रचण्डजीको नेतृत्वको सरकार पनि त वामपन्थी सरकार नै त हो, झन् राम्रो हुन्छ ।’
त्यसैले चिनियाँमा रहेको आशंका हटाउनु र नयाँ सरकारले चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि वातावरण बनाउने विश्वास दिलाउनु महराको मुख्य कार्यादेश हो । विदेश मामिलाबारे जानकार प्रचण्डनिकट स्रोतको भनाइ छ, “वामपन्थी गठबन्धनको निरन्तरता किन हुन सकेन ? एमालेलाई किन प्रतिपक्षमा पुर्‍याइयो ? नेपाली कांग्रेस–माओवादी गठबन्धन किन गर्नुपर्‍यो ? किन नयाँ गठबन्धन जरुरी भयो ? चिनियाँमा रहेका यस्तै प्रश्न र आशंका निवारण गर्न प्रचण्डको व्यक्तिगत सन्देश लिएर महरा बेइजिङ हान्निएका हुन् ।”
प्रचण्डले आफ्ना दूत पठाएर पूर्ववर्ती सरकारले गरेका सम्झौताको जग आफ्नो पहिलो कार्यकालमै हालिएको, तत्कालीन राष्ट्रपति हु जिन्ताओसँगको भेटवार्तामा यसबारे छलफल भएको कुरा चिनियाँ पक्षलाई स्मरण गराएका छन् । साथै, आफूले पहल नलिएको भए ओली एक्लैले महत्त्वपूर्ण सम्झौता गर्न सक्दैनथे भन्दै प्रचण्डले अघिल्लो सरकारका पालामा भएका सम्झौताको स्वामित्व लिने वचनबद्धता पनि जनाउने कोसिस गरेका छन् । अझ विगतका सम्झौता कार्यान्वयन मात्र होइन, अरू पनि धेरै एजेन्डा र परियोजना छन्, जसले चीनसँगको सम्बन्ध थप विस्तार हुने गरी आफूले तयारी गरिरहेको खबर पनि प्रचण्डले महरामार्फत प्रेषित गरेका छन् । ३१ साउनमा चीनतर्फ उडे का महराले पार्टीमा दिएको ब्रिफिङबारे जानकार स्रोतको भनाइ छ, “चिनियाँ पक्षले के के सोचेको छ ? राष्ट्रपति सी जिनपिङको भ्रमण कसरी सफल बनाउने ? चीनका चासो, एजेन्डा, सुरक्षा र अरू तौरतरिका के हुन सक्छन् भन्नेबारे नै बेइजिङमा छलफल भएको छ ।”
चीनसँगको संवाद उच्च तहमा तत्कालै गर्नुपर्ने तर चीनतर्फ मात्र राजनीतिक प्रतिनिधि पठाउँदा भारत सशंकित हुन सक्ने जोखिमको व्यवस्थापन गर्न प्रचण्ड सरकारले नयाँ उपाय अपनायो, मिल्दाजुल्दा एजेन्डा दिएर दुवैतर्फ विशेष दूत पठाउने । यसलाई कूटनीतिक बाध्यताका रूपमा सरकारी अधिकारीहरू अथ्र्याउँछन् । दुवै मुलुकमा रहेका आफ्ना नियोग राजनीतिक प्रतिनिधिविहीन रहेको र परराष्ट्रमन्त्रीसमेत नियुक्त हुन नसकेको अवस्थामा प्रचण्डले सबैभन्दा नजिकको विकल्पका रूपमा दुई मन्त्रिपरिषद्का वरिष्ठतम सदस्यलाई छनोट गरे । त्यसैले निधिको २ भदौको दिल्ली दौडाहा पनि महराले जस्तै गरी नेपालको परिवर्तित राजनीतिक अवस्थाबारे जानकारी दिने, राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट भारतीय समकक्षीलाई क्रमैसँग निम्तो दिनेमा केन्द्रित रह्यो । “दुवैतर्फका चासो सम्बोधन गर्न आफ्नो सरकार समर्थ रहेको सन्देश दिनु प्रचण्ड सरकारको पहिलो उद्देश्य हो,” प्रधानमन्त्री प्रचण्डनिकट एक माओवादी केन्द्रीय सदस्य भन्छन्, “साथै, सी जिनपिङको सम्भाव्य भ्रमण र त्यसको तयारीले भारत धेरै उत्तेजित नहोस्, आशंका पनि नरहोस् र सीको भ्रमण सम्भव तुल्याउन सकियोस् भनेर दिल्लीतिर पनि दूत पठाउने निर्णय गरिएको हो ।”
सन्देशवाहक छैनन्
विशेष दूत पठाएर सरकारले दुवै छिमेकीलाई उच्च महत्त्व दिएको सन्देश त सम्प्रेषण गर्न खोज्यो । तर, नेपालको हितको प्रतिनिधित्व गर्दै दुवै मुलुकका राजधानीमा उपस्थिति जनाउने, आफ्नो प्राथमिकताका एजेन्डामा नियमित रूपमा गृहकार्य, सञ्चार र सम्पर्क गर्ने प्रतिनिधि नै छैनन् । भारतका लागि राजदूत दीपकुमार उपाध्यायलाई वैशाख अन्तिम साता ओली सरकारले फिर्ता बोलाएपछि नयाँ नियुक्ति भएको छैन । ओलीको चीन भ्रमण र त्यसबेला भएका सम्झौता तथा संयुक्त वक्तव्यको तयारीमा जुटेका नियोग प्रमुख तथा अनुभवी अधिकारीहरू अहिले बेइजिङमा छैनन् ।
तत्कालीन राजदूत महेश मास्के आफ्नो चार वर्षे कार्यकाल सकिएपछि पनि थप चार महिना बसेर फर्केका छन् । उनी मातहत रहेर नियोगका उपप्रमुखका रूपमा खटिएका निर्मलराज काफ्लेलाई संयुक्त राष्ट्रसंघको स्थायी नियोगको उपप्रमुखमा सरुवा गरिएको छ । अहिले उपसचिवस्तरका कर्मचारी हरिश्चन्द्र घिमिरेको नेतृत्वमा नियोग चलिरहेको छ । नियोग राजदूतविहीन रहेको सन्दर्भमा हुन सक्ने कूटनीतिक जटिलताबारे नियोग निमित्त प्रमुख घिमिरेको भनाइ छ, “दूतावासले बेइजिङलाई काठमाडौँसँग जोड्न समन्वय गरिरहेको छ । दुई देशका मन्त्रालय–मन्त्रालय वा विभाग–विभागबीच पनि कार्ययोजना निर्माणका लागि समन्वय भइरहेको छ ।”
परराष्ट्र मन्त्रालय एक वरिष्ठ अधिकारीका अनुसार दुवै मुलुकमा लामो समय राजदूत खाली राख्दा एकातिर ती मुलुकसँगको सम्बन्धलाई महत्त्व नै नदिएको जस्तो भएको छ । अर्कोतिर, राजदूत हुँदा त त्यहाँका विदेश मन्त्रालयमा नेपाली प्रतिनिधिले हत्पत्ति पहुँच पाउँदैनथे भने राजदूतै नहुँदा झन् सम्पर्क नहुने अवस्था आएको छ । ती अधिकारी भन्छन्, “यसले एकातिर ती मुलुकसँग सम्बन्धको स्तर राम्रो तहमा छैन भन्ने अर्थ लाग्छ । अझ सम्बन्ध बिग्रेको छ भन्ने सन्देश पनि जान सक्छ ।”
अर्को महत्त्वपूर्ण पक्ष के भने ती मुलुकस्थित नेपाली नियोगमा कूटनीतिक प्रमुख नहुँदा सम्बन्धित मुलुकका काठमाडौँस्थित दूतावासको भूमिका र कार्यबोझ बढ्छ । विदेशी राजदूतमार्फत हुने सञ्चार र सम्पर्क पनि उनीहरूकै हितको कोणबाट हुन सक्छ । परराष्ट्रका ती अधिकारी भन्छन्, “हाम्रा राजदूतमार्फत काम गर्‍यौँ भने हाम्रो हितको प्रस्फुटन हुन्छ । उनीहरूका दूतमार्फत सम्पर्क गर्दा उनीहरूकै स्वार्थको प्रस्फुटन हुन्छ ।” नेतृत्वविहीनताका कारण सबभन्दा निकटका र सबभन्दा महत्त्वपूर्ण ठानिने मुलुकका नियोग फितलो हुने, आन्तरिक व्यवस्थापनमा पनि समस्या आउने अवस्था त छँदै छ । नयाँदिल्लीस्थित नियोगमा प्रकट भएको दुई अधिकारीबीचको असमझदारी नै यसको उदाहरण हो ।
चीनका लागि पूर्वराजदूत मास्के राष्ट्रप्रमुखकै भ्रमणको तयारी भइरहेको महत्त्वपूर्ण घडीमा लामो समयदेखि नियोग प्रमुखको पद रिक्त रहँदा राम्रो सन्देश नजाने भन्दै छिटोभन्दा छिटो राजदूत नियुक्त गर्नुपर्ने बताउँछन् । भन्छन्, “सरकारले राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउँदै गर्दा सम्बन्धित मुलुकसँग विशेष परिस्थिति परेकाले एग्रिमो चाँडै पठाइदिन विशेष अनुरोध गर्न सकिन्छ । भ्रमणमा हाम्रा राजदूत पनि सँगै आउन सक्ने अवस्था सिर्जना गर्न सके छिमेकी राष्ट्र प्रमुखको सम्मान पनि हुन्छ ।”
फितलो तयारी
यहाँको राजनीतिक वातावरणप्रति आश्वस्त नभइरहेको चिनियाँ पक्षले उपप्रधानमन्त्री महरासमक्ष विगतका सम्झौता कार्यान्वयनको गति पनि ठोस रूपमा अघि बढ्न नसकेकामा आफ्नो सरोकार प्रकट गर्‍यो (हेर्नूस्, ‘पर्ख र हेर’मा बेइजिङ, पृष्ठ २८) । र, विगतका सम्झौता कार्यान्वयन गर्ने कार्ययोजना पनि चिनियाँ पक्षले माग गर्‍यो । त्यो कार्ययोजना कस्तो हुन्छ, नेपाल सरकारले कहिले बुझाउँछ र त्यसप्रति चिनियाँ दृष्टिकोण के रहन्छ भन्ने यकिन छैन । र, यसमा धेरै तयारी गर्ने समय पनि छैन ।
अझ प्रधानमन्त्री प्रचण्डदेखि राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणका लागि तम्तयार छन् भने भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण पनि चाँडै हुने खुलासा भारतीय राजदूत रणजित रायले १ भदौमा सार्वजनिक वक्तव्यमार्फत दिएका छन्, जतिखेर उपप्रधानमन्त्री महरा बेइजिङमा चिनियाँ प्रधानमन्त्रीलाई भेट्दै थिए । र, भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिन निधि भोलिपल्ट दिल्ली उडान भर्दै थिए । यसले के जनाउँछ भने भूराजनीतिक दाउपेच र समयको दबाबले पनि चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीलाई प्रभावित पार्दै छ ।
गत ३० वैशाखको मन्त्रिपरिषद् बैठकले चीनसँग भएका सम्झौता कार्यान्वयनका लागि परराष्ट्र सचिव शंकरदास बैरागीको संयोजकत्वमा सरोकारवाला मन्त्रालयका सहसचिवस्तरका प्रतिनिधि रहने गरी अनुगमन समिति गठन गरेको थियो । ओलीको चीन भ्रमणमा भएका सम्झौता र संयुक्त वक्तव्यका बुँदा कार्यान्वयनको अवस्थाबारे जानकारी आदानप्रदान तथा समीक्षा गर्न १९ असारमा चीन भ्रमणमा गएका बैरागीले भोलिपल्ट त्यहाँका विदेशमन्त्री वाङ यी, सहायक विदेशमन्त्री कोङ सुयान्युलगायतसँग भेटेका थिए । र, भेटवार्तामा बैरागीले चिनियाँ राष्ट्रपति भ्रमणको औचित्य देखिने गरी सम्झौता कार्यान्वयनमा केन्द्रित हुन नेपाली पक्षले विभिन्न समितिहरू गठन गरेको जानकारी दिएका थिए । प्रतिक्रियास्वरूप चिनियाँ पक्ष आफ्नोतर्फ उस्तै संयन्त्र गठन गर्न राजी भएको थियो ।
भ्रमणको तयारी गर्ने प्रमुख संयन्त्र नेपाल–चीन संयुक्त आयोगको बैठक नै बसेको छैन, जुन आयोगको नेतृत्व नेपालका तर्फबाट अर्थसचिव र चीनका तर्फबाट उपवाणिज्य मन्त्रीले गर्छन् । संयुक्त आयोगको बैठक अब नेपालमै बस्नुपर्ने र नेपालले चिनियाँ पक्षलाई निमन्त्रणा पठाउनुपर्ने हुन्छ । चीनका लागि पूर्वराजदूत मास्के भन्छन्, “सरकार परिवर्तनका कारण चिनियाँ राष्ट्रपतिको भ्रमण अनिश्चित, संशयजस्तो भएको थियो । अब केही अगाडि बढेजस्तो छ । तर, ठूल्ठूला भ्रमणका लागि हुनुपर्ने जति तयारी भएको देखिँदैन ।”
मास्केका अनुसार संयुक्त आयोगसँगै विभिन्न मन्त्रालयका सचिवस्तरीय बैठकहरू गर्नुपर्छ । यी द्विपक्षीय संयन्त्रहरूमा सघन छलफल र गृहकार्यपछि सम्झौता, आर्थिक सहयोग, परियोजना वा प्रतिबद्धतासम्बन्धी ठोस दस्तावेज तयार हुन्छन् । यस क्रममा नटुंगिएका कतिपय विषय नियोगहरूले मूर्त रूप दिन्छन् । ओली भ्रमणताका भएका सम्झौता तथा संयुक्त वक्तव्यको तयारी पनि दुवै देशका नियोगहरूले गरेका थिए । यी पंक्ति लेखिरहँदासम्म नेपालले राजदूत त के, परराष्ट्रमन्त्री समेत नियुक्त गर्न सकेको छैन, जसले कूटनीतिक समुदायसँग नियमित सम्पर्क गर्न र कर्मचारीतन्त्रलाई चलायमान राख्न नेतृत्वदायी भूमिका खेल्न सकोस् । बेइजिङस्थित नेपाली नियोगका निमित्त प्रमुख हरिशचन्द्र घिमिरे भने विगतका सम्झौता कार्यान्वयन र कार्ययोजनाका लागि समन्वय गरिरहेको बताउँछन् । भन्छन्, “अघिल्लो सरकारले गरेका सम्झौता विविधतापूर्ण छन् । कतिको कार्यान्वयनका लागि पूर्वाधार आवश्यक पर्छ त कतिका लागि सम्भाव्यता अध्ययन । कामहरू अघि बढ्ने यसरी नै हो ।”
प्रमुख एजेन्डा रेल र तेल
राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण भएमा प्रमुख एजेन्डा रेल र तेल नै हुनेछन् । किनभने, यसअघि ओलीको भ्रमणताका जारी संयुक्त वक्तव्यमा परिसकेका र त्यसका लागि केही हदसम्म छलफल र तयारी पनि भएका एजेन्डा हुन् यी । काठमाडौँ–रसुवागढी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि सातवटा चिनियाँ कम्पनीले इच्छा देखाएका छन् । चिनियाँ कम्पनीले नै काठमाडौँ–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन गरिसकेको छ । चीनले अघि बढाएको वान रोड वान बेल्ट (ओबीओआर) को फ्रेमवर्कभित्र रहेर नेपालमा प्रमुख विकास परियोजना अघि बढाउने प्रतिबद्धता पनि दुवै मुलुकले संयुक्त वक्तव्यमार्फत जनाइसकेका छन् । सिगात्सेसम्म पुगिसकेको चिनियाँ रेल सन् २०२० सम्म नेपाली सीमा नजिकको केरुङसम्म पुर्‍याउने लक्ष्य छ । उक्त रेलमार्गसँग जोडिने गरी रसुवागढी–काठमाडौँ, काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण परियोजनाका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराइदिन चीन समक्ष नेपालले आग्रह गरेको संयुक्त वक्तव्यमा उल्लेख छ ।
केरुङ नाका समुद्री सतहबाट २ हजार ८ सय मिटरको उचाइमा छ । तिब्बतका मुख्य सहरहरू ल्हासा र सिगात्से योभन्दा करिब एक हजार मिटर बढी उचाइमा छन्, जहाँसम्म रेल पुगिसकेका आधारमा पनि नेपालसम्म रेल सञ्जाल विस्तार गर्न प्राविधिक र भौगोलिक रूपमा कठिनाइ देखिँदैन । चिनियाँ विज्ञहरूका अनुसार यस रेलमार्गबाट नेपाल त विश्वबजारसँग जोडिने नै छ, साथै चीनलाई दक्षिण एसिया प्रवेशको ढोका पनि खोल्नेछ । तीन वर्षअघि सार्वजनिक ओबीओआरजस्तो रणनीतिक महत्त्वको योजनामा नेपाल मिसिइसकेपछि जिनपिङ भ्रमणले ठोस कार्यान्वयनको ढोका खोल्नेछ ।
किनभने, ओबीओआर नै जिनपिङ कार्यकालको प्रमुख पहलकदमी तथा विदेश नीतिको खास आधार हो । ६० मुलुक प्रत्यक्ष रूपमा जोडिने, सयभन्दा बढी मुलुक तथा अन्तर्राष्ट्रिय संगठनहरूले साथ र सहभागिता जनाउने भनिसकेको यो योजना जिनपिङका हरेक विदेश भ्रमणको महत्त्वपूर्ण अंग बन्दै आएको छ । त्यसकारण पनि उनको नेपाल भ्रमणको एजेन्डा ओबीओआरको फ्रेमवर्कमै हुनेछन् ।
चीनबाट युरोपसम्म मात्रै दुई हजारभन्दा बढी मालवाहक रेलहरू पुगिसकेका छन्, जो चीनका विभिन्न ३९ रेलवे लाइनमा पर्छन् । सी जिनपिङले यो वर्ष चेक रिपब्लिक, सर्बिया, पोल्यान्ड र उज्वेकिस्तान भ्रमण गरिसकेका छन्, जो ओबीओआर जोडिने महत्त्वपूर्ण राष्ट्र हुन् । त्यसबाहेक चिनियाँ राष्ट्रपतिले आफ्ना मुलुकका कम्पनीहरूलाई ओबीओआर रुटमा पर्ने देशहरूमा लगानी बढाउन आग्रह गरेका छन् । नेपालमा सर्वाधिक प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता जनाउने मुलुक पनि भारतलाई उछिनेर चीन बन्नु पनि त्यसैको संकेतका रूपमा चिनियाँहरू अथ्र्याउँछन् । प्रा हु सिसेङ भन्छन्, “रेलमार्ग निर्माणमा मात्रै नेपालले ठोस प्रगति गर्न सके पनि मुलुकको आर्थिक प्रगति र स्थायित्वका लागि कोसेढुंगा बन्न सक्छ ।”
नेपालमा यी परियोजना कुन मोडालिटीमा बनाउने, नेपालले कति लगानी गर्ने, चिनियाँ पक्षबाट कति सहयोग प्राप्त हुन्छ, प्राप्त सहयोगमध्ये ऋण र अनुदानको हिस्सा कति हुन्छ भन्नेबारे प्रस्ट छलफल भइसकेको छैन । एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) पनि एउटा सम्भाव्य स्रोत हुन सक्छ, जसमा नेपाल पनि सदस्य छ । त्यसै गरी चीनले अघि सारेको ओबीओआरको सहयोगार्थ निर्मित रेशम मार्ग कोषबाट पनि सहयोग प्राप्त हुन सक्छ । त्यसबाहेक चिनियाँ प्रविधि र विज्ञहरूको सहयोग नलिई यस्ता परियोजना सम्भव र सफल हुन कठिन छ । पूर्वराजदूत मास्के भन्छन्, “मिश्रित मोडलमा हामी जानुपर्छ । सम्मानसाथ काम गर्न पनि हामीले सिक्नुपर्छ । सधैँ हात फैलाउने र अरूकै भरमा सबथोक गर्न खोज्ने सोचाइले काम गर्दा सम्मानमा क्षति हुन्छ ।”
ओलीकै भ्रमणताका हुने अनुमान गरिएको पेट्रोलियम पदार्थ खरिदसम्बन्धी सम्झौताको प्रसंग संयुक्त वक्तव्यमा सीमित भयो । ‘चीनबाट पेट्रोलियम पदार्थ नेपाल निर्यातसँग जोडिएका कर, मूल्य, यातायात, गुणस्तर, भन्सार तथा भन्सार विन्दुहरूमा पूरा गर्नुपर्ने औपचारिक नीतिगत कार्यहरू टुंग्याउन दुवै देशका सरकारी निकायहरूलाई निर्देशन दिइएको’ वक्तव्यमा उल्लेख थियो । साथै, नेपालमा इन्धन भण्डारण केन्द्र निर्माणमा सघाउने वचन पनि चीनले दिएको थियो ।
संयुक्त वक्तव्यका यी बुँदा कार्यान्वयनका लागि निरन्तर सम्पर्क र सघन गृहकार्य हुन सकेको छैन । मूल्यकै कुरा गर्दा भारतबाट आयातीत तेलकै मूल्यमा चीनको तेल आयात गर्न करिब ३० रुपियाँ प्रतिलिटर महँगो पर्ने आकलन त्यतिखेर गरिएको थियो । भन्सार, अन्त:शुल्क र सडक करका कारण यति धेरै रकम फरक परे पनि नेपाललाई यसमा छुट वा सहुलियत दिने नीतिगत निर्णय चिनियाँ नेतृत्वले लिने हो भने इन्धन व्यापार सहज हुनेछ । यातायात र गुणस्तरका विषयमा छलफल गर्न सकिने चिनियाँ पक्षले जनाएको छ ।
ओबीओआरकै फ्रेमवर्कमा अघि बढ्ने हो भने पनि रेलमार्ग, तेल तथा ग्यास पाइपलाइन, उड्डयन सञ्जाल, सीमापार विद्युत् प्रसारण लाइन र सुख्खा बन्दरगाह निर्माणका काम हुनु अनिवार्य छ । त्यस अन्तर्गत धादिङको गल्छीबाट त्रिशूली हुँदै रसुवागढीसम्म करिब ९० किलोमिटर अप्टिकल फाइबर बिछ् याएर चीनसँग जोडिइसकेको छ ।
दिल्लीले के गर्ला ?
चिनियाँ राष्ट्रपति जिनपिङको नेपाल भ्रमण सम्भव बनाउन प्रचण्ड सरकारले गरेको पहललाई दक्षिणी छिमेकीले कुन रूपमा लिन्छ भन्ने प्रतीक्षाकै विषय छ । दिल्ली संस्थापन, खास गरी सुरक्षा र प्रशासनतन्त्रमा चीनसँग सम्बन्ध नै नहोस् भन्ने सोच पनि बेलाबेला प्रकट नभएको होइन । उतारचढावपूर्ण सम्बन्धका पर्याय बनेका प्रचण्डप्रति दिल्लीले लिने नीतिले पनि प्रचण्ड सरकारको प्रभावकारितामा असर पक्कै गर्नेछ ।
मन्त्रिपरिषद् विस्तार, राजदूत नियुक्तिलगायतका प्राविधिक विषयमै अल्झिएर प्रचण्ड सरकारका नौ महिना त्यत्तिकै बित्ने र त्यसपछि सत्ता हस्तान्तरणको दबाब सुरु हुने अवस्था आएमा भने सन्तुलित र सामीप्यपूर्ण कूटनीतिको प्रयास नतिजाविहीन हुनेछ । बेइजिङमा रहँदा भारतीय राजदूतसँग पनि बारम्बार छलफल गरेका पूर्वराजदूत मास्के भन्छन्, “चीनसँग सम्बन्ध बढाउँदा भारतीयको धेरै ठूलो आपत्ति नहोला । भारतको चासो आफ्नो बजारमा चिनियाँ सामान एकतर्फी आउने माध्यम नेपाल बन्छ कि भन्ने मात्रै हो । तीनै पक्षलाई फाइदा पुग्छ भन्ने कुरा भारतलाई पनि बुझाउन सक्नुपर्छ ।”
सी जिनपिङ भ्रमणको अर्थ
सी जिनपिङको भ्रमण सम्भव भएमा यो उच्च राजनीतिक महत्त्वको हुनेछ । यसअघि दुई जना चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गरेका छन्, जियाङ जेमिनले मंसिर ०५३ मा र त्यसको १२ वर्षअघि ली स्यानयानले । २० वर्षको रिक्ततालाई चिर्दै नेपाल भ्रमणको तयारीमा रहेका जिनपिङ चीनका सर्वाधिक प्रभावशाली राष्ट्रपतिहरूमा पर्छन् । राजनीतिक शक्ति, कूटनीतिक पहलकदमी, विकासका महत्त्वाकांक्षी योजना र भ्रष्टाचार नियन्त्रणमा आक्रामक अभियान अघि बढाएका कारण माओत्से तुङ, देङ सियाओ पिङपछिका प्रभावशाली नेतामा गनिन्छन्, जिनपिङ । सिल्करोड, ओबीओआरजस्ता सामरिक महत्त्वका पूर्वाधार योजना अघि बढाउने, एआईआईबी स्थापनादेखि आफ्नै पार्टीका सर्वोच्च शक्तिशाली नौ जनामा पर्ने एक स्थायी कमिटी सदस्य र मन्त्रीहरूलाई समेत भ्रष्टाचारमा कारबाही गरेका कारण उनी चर्चित छन् ।
यही बीचमा जिनपिङको नेपाल भ्रमण भएमा केही रणनीतिक महत्त्वका थप सम्झौता हुने र त्यसले नेपाल–चीनबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन कोसेढुंगा बन्ने विश्वास गरिएको छ । विगतमा हुन नसकेका सम्झौताले पूर्णता लिने र भइसकेका सम्झौता कार्यान्वयनका लागि ठोस आधार तयार गर्न दुवै पक्षलाई दबाब पुग्नेछ । र, जिनपिङले त्यस अवसरमा नेपालको लागि ठूलो सहयोग रकम घोषणा गर्न सक्ने सम्भावना रहेको द्विपक्षीय छलफलमा सहभागी स्रोतको भनाइ छ ।
भारतमा वातावरण बन्दै
न्युक्लियर सप्लायर ग्रुप (एनएसजी)को सदस्यताबाट चीनको असहयोगका कारण वञ्चित हुनुपरेकामा भारतीय पक्षलाई चोट परेकै थियो । त्यसमाथि पाकिस्तानी इस्लामिक संगठन जैस ए मोहम्मद नामक संगठन र त्यसका नेता मसुद अजहरका गतिविधिमाथि संयुक्त राष्ट्रसंघबाटै प्रतिबन्ध लगाउने दिल्लीको चाहनामा पनि बेइजिङ नै बाधक बन्यो । यसले ब्रिक्स (ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका) सम्मेलन प्रभावित हुन सक्ने र चिनियाँ राष्ट्रपति जिनपिङको दक्षिण एसिया भ्रमण प्रभावित हुने आकलन नगरिएको होइन ।
साथै, ब्राजिलमा राष्ट्रपति डिल्मा रुसेफविरुद्ध महाभियोगको प्रस्ताव संसद्को तल्लो सदनले पारित गरेपछि विकसित घटनाक्रमले पनि आगामी असोजको अन्तिममा भारतको गोवामा हुने भनिएको ब्रिक्स सम्मेलन सर्न सक्ने चर्चाले ठाउँ पाएको थियो । तर, पछिल्लोपल्ट साउन तेस्रो साता भएको चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणले यी सबै आशंकालाई चिर्दै ब्रिक्स सम्मेलन सुनिश्चित गरेको छ । भारतमा हुने ब्रिक्स सम्मेलन सम्पन्न गर्न चीनले सघाउने र चीनमा हुने जी–२० सम्मेलन सम्पन्न गर्न भारतले सघाउने गरी समझदारी बनेको चिनियाँ विदेश मन्त्रालयद्वारा १९ साउनमा जारी विज्ञप्तिमा उल्लेख छ । यसले सी जिनपिङको नेपाल भ्रमणलाई थप निश्चित गरिदिएको छ ।
साभार नेपाल साप्ताहिक बाट 

नेपालका अबिवाहित गायिकाहरु

दृष्टिविहीन छोरीलाई आफ्नै बुवाले मानसिक यातना दिदै घरबाट निकाले (भिडियो)

$
0
0
दलित परिवारमा जन्मेकी एक दृष्टिविहिनको बिचल्ली परेको छ । म्याग्दीको झिं गाविस ८ की धनमाया विकलाई परिवारले तिरस्कार गरेपछि उनको बिचल्ली भएको हो । दृष्टिविहिन धनमायालाई परिवारले घरबाट निकाला गरेपछि पश्चिम म्याग्दीको बावियाचौरमा एक ब्यक्तिले अस्थायी रुपमा बस्ने ब्यवस्था मिलाएका छन् । दुईबर्षको उमेरमै आमा गुमाएकी धनमायालाई आफ्नै बुवा र सानीआमाले असहयोग र मानसिक यातना दिदै घर निकाला गरेका हुन् ।

तिनाउमा डुबेर हाेराइजनका एक बिद्यार्थीकाे ज्यान गयाे

$
0
0
बुटवल भदाै ५ ।
बुटवलकाे तिनाउ नदीमा पाैडी खेल्नेक्रममा डुबेर एक बालककाे ज्यान गएकाे छ । बुटवलकाे हाेराइजनमा कक्षा ५ मा अध्ययन गर्ने देवीनगर जनजागरण पथमा बस्दै आएका अायुष गिरीकाे ज्यान गएकाे हाे । अायुषकी आमा पबित्रा गिरी र बुबा दिल्लीराज गिरीकाे देबिनगरमै पबित्रा सिलाई कटाइ नामकाे पसल समेत रहेकाे छ । दुई भाइ छाेरामध्ये ठूलाे छाेरा गुमाउनुपर्दा पबित्रा भाबबिब्हाेल बनेकी छन् । शनिबार बेलुका घटना भएपनि अहिलेसम्म बाहिर आएकाे थिएन । हाेराइजनले आज बिद्यालयमा बिदा समेत दिएकाे न्यू हाेराइजनका शिक्षक कपिल अाचार्यले नागरिक आवाजलाई बताए । बिद्यालयले निकालेकाे सूचना हेराैं
- नागरिक आवाज

मलेसीयाबाट श्रीमानले पठाएको ३ लाख रुपैयाँ पाएपछि, ५ वर्षीय छोरालाई ओछ्यानमै छाडेर श्रीमती अर्कैसँग फरार

$
0
0


काठमाडौँ, भदौ ५ – सुर्खेत भेरीगंगा नगरपालिकाकी एक महिलाले ५ वर्षको छोरा र मलेसीयामा रहेका श्रीमानलाई छोडेर अर्कैसँग विबाह गरेकी छिन् । श्रीमानले मलेसीयाबाट पठाएको ३ लाख रुपैयाँ लिएर छोरालाई सुतीरहेको स्थानमा नै छोडेर अर्कैसँग फरार भएकी हुन् ।


भेरीगंगा नगरपालिकाकी नन्दा बस्यालले मलेसीयामा कार्यरत श्रीमान तिलक बहादुर सार्कीलाई धोका दिई सोही जिल्लाका रामघाटका राजु रम्तेलसँग भागेको तिलकका दाजु चन्द्रवीर सार्कीले बताएका छन् ।

नन्दाले सहकारीबाट ऋण लिएको साढे ३ लाखको पनि दुरुपयोग गरेको बताए । उक्त घटनामा नन्दा दोषी रहेको भन्दै तिलकका आफन्तले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडी बढाएको जानकारी दिएको छ । श्रोत डिसी नेपाल

बलिउडमा असफल भएकी काजल टोलीउडकी महँगी अभिनेत्री

$
0
0
बलिउडमा सफलता पाउन नसकेकी काजल अग्रवालको टोलीउडमा भने ठुलो डिमाण्ड रहेको छ ।बलिउडका केही फिल्ममात्र अभिनय गरेर आफ्नो लक टेस्ट गरेकी यी अभिनेत्री टोलीउडकी सबैभन्दा मँहगी नायिकामा गनिन्छिन् ।


टोलीउडमा पैसा तथा सफलता दुवै कमाएकी काजलले एउटा आइटम गीतको लागि हालसम्मकै ठुलो रकम लिएको बताइएको छ ।टोलीउडमा उनलाई आफ्नो फिल्ममा साइन गराउन निर्माताहरु महिनौ कुर्ने गर्छन् ।

उनलाई फिल्ममा साइन गराउन ठुलो रकम पनि खर्चिने गरेका छन् ।जुनियर एन्टिआरको फिल्म ‘जनता ग्यारेज’ मा रहेको एउटा आइटम गीतको लागि मात्रै लिएको रकम हालसम्मकै सबैभन्दा ठुलो रकम रहेको बताइएको छ ।

Live Dohori Geet II माया पानको पात

जोया र जीवन थापाको समाचारले यस्तो नयाँ मोड लियो, जोयालाई देश निकाला गरेर जीवन र जीवनको परिवारमा ठूलो अन्याय

$
0
0
एम बर्तमान राना/भाद्र ५, काठमाडौं ।
फेसबुक एबम अनलाइन मिडियामा छाएका जोया र जिबन थापाको सम्बन्ध र जीवन थापालाई लागाईएको आरोपहरु मिडियाहरुले फैलाईएको अफबाह मात्र रहेको पुस्टि भएको छ । उनीहरुको समाचार ब्यापक भए पनि जिबन थापाको बारेमा पुष्ट विवरण भने आएका थिएन । यस बारे डीके मिडिया(दुधकोशी मिडिया)ले खोज तलाश गर्दै जादा जिबन थापाको पुरा नाम जीवन थापा मगर रहेको वहाको स्थायी ठेगाना केरुंग-८, सोलुखुम्बु रहेको थाह हुन् आएको छ । बिगत ६ बर्ष अघि मात्र कंचनपुरबाट रोजीरोटीको सवालसंगै बसाइ सराई गर्दै चितवनमा अस्थायी बसोबास गर्दै आएको पाईएको छ । बिस २०४६ सालमा सोलुबाट रोजीरोटीकै लागि कंचनपुर पुगेको जिबनको आमाले बताएका छन् ।


थापामगर टुहुरा हुनुन्छ । गत २०७२ सालको साउनमा काठमाडौंमा उपचारका क्रममा उनका बुबा बल बहादुर थापा मगर ज्यांडीसबाट मृत्यु भएको थियो र वहाको अन्तीम काजक्रिया पनि कालोपुल काठमाडौं गरिएको थियो भने थापा र जिया उनका आमा पूर्ण माया मगरसंग चितवन बस्दै आएको छ । बिगत केहि समयदेखि भने छुट्टै कोठा लिएर जिया र थापा परिवारसंगै बस्दै आएको पाईएको छ । उनीहरुको आर्थिक स्थिति नाजुक भए पनि उनीहरु बिचमा अत्यान्त सुमधुर सम्बन्ध रहेको र एकले अर्कालाई अत्यन्त माया गर्ने पाईएको छ ।

एक दिन बिहान जिया र थापाबीच सामान्य बिबाद भएको पाएपछी यहि बिषयलाई बिबादको केन्द्र बनाएर चितवन स्थित आदर्श संस्थाले जोया लगायत दुइ बच्चालाई उठाएर संस्थामा लगेको पाईएको छ । यसरी आफ्नो श्रीमती लगायत बाल बच्चा लगेपछी आफ्नो कोठामा फर्काउन थापा र उसको आमा पूर्ण माया मगर दशौँ चोटी संस्था पुगेको तर संस्थाले कहिल्यै पनि भेट्न नदिएको उल्टै हप्काई दप्काई गरेर फर्काउने गरेको खुल्न आएको छ र मिडियाहरुले अत्यान्तै बिजोक अबस्थामा बाटोबाट उद्दार गरेको भनीए पनि जिया र दुइ नाबालकलाई कोठाबाट उठाएर लागिएको खुल्न आएको छ र मिडियामा छाए जस्तो सडकमा बेबारिसे भएको , कयौं दिन देखी भोको राखेको, कुट्ने पिट्ने गरेको, जीवनले ड्रग्स खाने गरेको, पुरै बेवास्ता गरेको भन्ने निराधार हल्ला फैलाईएको देखिएको छ । जुन हल्ला संस्थाले गरेको खुल्न आएको छ ।


“जुन दिन आदर्श संस्थाले बुहारी बच्चा उठाएर लागे त्यस दिन मेरो कामले बाहिर गएको थिए काम सकेर घर आउदा बुहारी र नानीहरु थिएन र जीवनलाई सोधे खै बुहारी नानिहरु ! भनेर सोध्दा निन्याउरो मुख लगाउदै मान्छेहरुले लिएर गए भने पछी म तर्सिए र वरिपरी सोधखोज गर्दा आदर्श संस्थामा लागेको थाहा पाए र तुरुन्तै बुहारीलाई फर्काउन जीवनलाई लिएर संस्थाको कार्यालय पुगे र बुहारी जिया र नानि लिन आएको बताउदा संस्थाका ठुला मान्छेले जोड जोडसंग गाली गरे हप्काए, अब मुद्दा लगाउने, तिमीहरुलाई कारबाही गर्ने भनेर धम्काए । अनि जिया र नानिहरुलाई फर्काउन नसकिने भने पछी हामि आमा छोरा निराश भएर घर फर्कियौ ।एक दुइ दिनको अन्तर पारेर बुहारी र नानीहरुलाई भेट्न जान्थ्यौ तर संस्थाले कहिल्यै भेट गर्न दिदैनथ्यो । हो हामि गरिब छौ, तर बुहारी र नानीहरुलाई एक छाक खाना, लाउन र माया स्नेहमा कहिल्यै कमि थिएन । खै किन यस्तो गर्यो ? आमा पूर्ण माया मगरले टेलिफोनमा बताए

उनले भने “हाम्रो स्थायी ठेगाना सोलुखुम्बु, अनि अस्थायी बसाई चितवन, अनि सरकारी प्रक्रिया नबुझ्नको कारणले नानीहरुको जन्म दर्ता, नाता प्रमाणित, बिबाह दर्ता, तथा नागारिकता बनाउन सकेनौ तर उनिहरुसंग त हाम्रो रगतको नाता कायम भईसकेको छ त्यो त हाम्रो आँखाले हेर्न सक्छौ नि ! यहि कमजोरीमाथि टेकेर हाम्रो सन्तानलाई आज त्यो आदर्श संस्था र प्रसासनले अबैधानिक ठहर्याउदै टाढा पुर्यायो । बिदा हुने दिन जोया र जीवन लामो समय अंकमाल गरेर धेरै रुए, आशु झारे तर हामि त निरिह भएर हेर्न बाहेक केहि गर्न सकेनौ । बरु उल्टै मानसिक तनाब डर धाक धम्कि खेप्यौ । त्यो आदर्श संस्थाले म र छोरालाई बारम्बार भन्थ्यो- काम हुन लाग्यो ७/८ लाख क्षेतीपूर्तिको लागि तयार गर्नु नत्र कारबाही होला । तनाब हुन्थ्यो कहाँबाट ल्याउनु होला त्यत्रो पैशा ! निद्रा लाग्दैनथ्यो ..म छोरालाई गालि गरि रहन्थे.. जिबन पनि रुन्थे” आमाले भने ।

यसरि यी सम्पूर्ण घटना हेर्दा नाता प्रमाणित, विबहा दर्ता, जन्म दर्ता नभएकै कारण नेपालको बसाई अबैधानिक भएको ठहर गर्दै लामो समय लगाएर संस्था र प्रसासनले फिलिपिन्स एम्बेसीसंग पत्राचार गरि खर्च झिकाएर जोयालाई उसको परिवारबाट छुटाएर देश निकाला गरेको देखिन्छ । यहा प्रश्न उब्जन्छ किन प्रसासनले त्यत्रा दुइ दुइ बच्चा हुदा हुदै पनि तिनलाई नाता प्रमाणित, विबहा दर्ता, जन्म दर्ता लगायतका आधिकारिक कागजातका लागि पहल गरेन ? त्यो संस्था र प्रसासन माथिको गम्भीर प्रश्न हो । आउनुहोस एक जुट हौ कि अन्यायमा परेको जिबन थापा मगर र उनको परिवारको न्यायको लागि आवाज बुलुन्ध पारौ ।

र अहिले ज्यादै सामाजिक संजालमा गालि र भौतिक कारबाहीको चेतावनी आए पछी डरले जिबन भारत पुगेको छ र सम्पर्क भएमा उसको बिस्त्रित खबर निरन्तर तपाईहरुको माझ पुर्याउने छौ __

(थप अझ प्रस्ट हुनका लागि जीवन थापाको आमा पूर्णमाया मगर ९८१९२४७२८६ र मामा कामे मगर ९८५११९१०७१ मा कल गर्न सक्नु हुनेछ)
source :eglobenews

Viewing all 20351 articles
Browse latest View live


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>