- सरगम भट्टराई २०७३ भदौ ६ गते ९:४६
पृष्ठभूमि:
मेरो जन्म ब्राह्मण कूलमा भएछ , यो मैले कसैसँग अनुनय विनय गरेर, कसैको चाकरी गरेर, कसैलाई घुस ख्वाएर, कसैको भाग खोसेर या कसैको सर्वनाश गरेर भएको होईन । आध्यात्मिक आँखाले हेर्दा यो मेरो पूर्वजन्मको कर्मले प्राप्य हो भने भौतिकवादी आँखाले हेर्दा यो दुई तत्व बिचको मिलन पछिको प्रतिफल हो । अरुले पहिचानको मुद्दा रटान लगाईरहँदा तिनीहरुको डरले मैले मेरो जनै फाल्नु धर्म निरपेक्षता भित्र पर्दैन भन्ने मेरो ठहर हो ।
हो ! अहिलेका युरोप अमेरिका गएर जनजाति दलित र मधेसीको कोटामा दीक्षित भएर आएका टाईवाला दाईहरुले मलाई एलिट भने पनि केहि छैन किनकी मेरो नामको पछाडि शासक बर्गको थर जोडिएको छ , मेरो बैंक खातामा यसबापत मनग्गे पेन्सन आईरहन्छ भनेर उहाँहरुले प्रचार गर्नु भएपनि मलाई फरक पर्दैन ।
मेरा बा- आमाले मलाई दुख जिलो गरेर पढाउनु भो, मैले र मेरा बा आमाले जानाजान कसैको भाग खोसेको मलाई याद छैन । तर म जब हलो जोत्ने, अरुको भाँडा माझ्ने देखि घर पोत्ने गर्दै पढेर योग्यतावाल हुने बेला सम्म मेरो थरको पछाडि एउटा टाईटल झुन्डिएको थियो: एलिट बर्ग । मेरो योग्यतालाई ओभरटेक गरेर कुनै अर्को काठमांडौमा घर भएको, गतिलो पेशा भएको र राजनितिक पहूँच भएको, कथित उत्पिडित, मधेसी जनजातिको छोराले त्यो भाग ओगटिसकेको थियो, मैले भन्दा झन्डै ३० नम्बर कम लिएर । मैले चित्त बुझाउनै पर्ने भयो । भएको अस्थाई जागिरको टुंगो थिएन, बिकल्पको रुपमा परराष्ट्र मन्त्रालयमा गई पासपोर्ट बनाएँ ।
अहिले चलेको तातो बहस :
मेरो छिमेकमा अचेल गाई काटेर खान पाउनुपर्छ भनेर ठूलो भुईचालो आईरहेको छ ,मेरी आमाले बिहान सबैभन्दा पहिले त्यहि गाईकै गोबरले दैलो नपोतेसम्म केहि काम गर्नुहुन्न, मेरा बाले गाईकै पूजा गरेर गहूँत नखाई जूठो सूतक जान्न भन्नुहुन्छ, त्यहि गाईको म दुध र संस्कार निभाउन गहूँत खान्छु, जन्मे देखि मर्ने बेला सम्म त्यहि गाईलाई बाले बेला बेलामा पुज्नुहुन्छ, बहुसंख्यक मान्छेले पूजा गर्ने गाईलाई राज्यले राष्ट्रिय जनावर बनाएको छ ।
तर गाई गोरु काट्न नपाएर आफ्नो पहिचान गुमेको देख्नेहरुलाई मैले बुझ्न सकेको छैन: छिमेकीले पुज्ने गाई काटेर खान नपाउँदैमा पहिचान कसरी गुम्यो भन्ने कुरा ! के हामीले आमा मान्ने गाई काट्दा हाम्रै छिमेकीलाई यति बिघ्न खुशी मिल्छ ? के राष्ट्रिय जनावर गाई खान नपाउँदैमा भोकमरी नै आईलाग्छ र महोदय ? त्यसै पनि गाईको दुध, र मूत्र बैज्ञानिक दृष्टिकोणले समेत उपयुक्त छ । मैले गाईको गहूँत खाँदा कोहि हाँसेर उडाउँछ भने मलाई केहि फरक पर्दैन, मैले गोबरले लिप्दा कसैले छ्या भन्छ भने त्यसले मलाई फरक पर्दैन । तर म सुगुर खाँदिन र खानेलाई घृणा पनि गर्दिन । गाई खानै पर्छ भनेर कसैको धर्मग्रन्थमा लेखिएको पनि छैन । गोरुको मासु चढाउनै पर्छ भनेर कुनै धर्मको किताबमा लेखिएको छैन, यदि कतै छ भने त्यो कुप्रथा हो, धर्म होईन । यहाँ सम्म कि हिन्दू धर्मका अनुयायीले देवी देउताको नाममा चढाउने वली पनि धर्म होईन यो त कुप्रथा हो, यस्ता कुप्रथाको जरै सित अन्त्य हुनुपर्छ । तर मैले गहुँत खाने मेरो संस्कार बहुसंख्यकको संस्कार हो, म गाई पुज्छु ,म मौक़ा अनुसार गाईको गहूँत पनि पिउछु, यसो गर्दा कसैको अधिकार हनन हुँदैन, मैले सबैले गाईको गोबरले लिपौँ र गहूँत खाऔँ र जनै लगाऊँ पनि भन्दिन तर मलाई होच्याएर कसैले तैले मूत खाने गाई मैले काटेरै खान्छु भन्छ भने त्यो बेला मैले प्रतिरोध गर्छु र गर्नुपर्छ ,यसो गर्दा मलाई कसैले बाहुनवादी मान्छ भने मैले भन्नै पर्छ: हो ! महाशय म बाहुनवादी नै हो ।
राष्ट्रिय बहसको हावादारी मुद्दा :
अचेल सामाजिक सन्जालमा कहिले गैँडा त कहिले घोड़ा राष्ट्रिय जनावर बनाउँ , हामीले खाने गाई गोरु किन राष्ट्रिय जनावर बनाएको भनेर ताता र छाडा बहस पनि हुन थालेका छन् । गाई भनेको नेपालको सन्दर्भमा बहुसंख्यकको आस्थाको धरोहर हो, पवित्रताको प्रतिक हो । अनि त्यस्तो पवित्रताको प्रतिक छाडेर किन भैसी बाख्रा या गैँडा राष्ट्रिय जनावर बनाउने ? सुगुरलाई घृणा गरिने हुनाले मुसलमान बाहुल्य देशमा सुगुर काटिदैन,छोईदैन, अमेरिकामा घोडा र कुकुरको मासु काट्न प्रतिबन्ध छ तर त्यहि घोडा कुनै मिडल ईस्ट देशमा मूख्य मासुको श्रोत हो । तर मलाई के लाग्छ भने नेपालमा कसैले यतिबिघ्न सम्मान गर्ने गाई गोरु नखाए पनि आकास खस्दैन, बरु सामाजिक सम्बन्ध बलियों हुन्छ , बरु सकिन्छ भने शाकाहारी बनौँ, मासु मान्छेले खाने चिज नै होईन । अझ गाई गोरुको मासु खान पाउने कुरालाई पहिचान संग नजोडौँ , यदि कसैले कसैको हत्या गरि खाने कुरालाई आफ्नो बटमलाईन नै मान्छ भने म त्यसको बिरोधी हूँ । त्यसबेला मलाई बाहुनवादी भने हुन्छ, हो ! म बाहुनवादी हो ।
मेरो छिमेकमा अचेल भाषाको पनि त्यस्तै बिजोग छ । अाफूलाई अब्बल लेखक मान्नेहरुले जुन भाषामा लेखेर आफ्नो चुल्हो बालिरहेका छन्, जुन भाषा बोलेर हनुमान बनि चाकरी गरिरहेका छन्, त्यहि भाषालाई मूल धारको भाषा होईन भनेर दुत्कारीरहेका छन्, भाषा त सबैको सम्पति हो, सम्पर्क भाषाको रुपमा बहुसंख्यकले बोल्ने भाषा पनि शासकहरुकै भाषा भन्नेहरुको स्वाँठहरुको बिद्दता पनि मैले बुझ्न सकेको छैन । सबै भाषाको एकैचोटी उठान त हुनै सक्दैन । सम्पर्क भाषा त एउटा हुनै पर्छ । हिजो संस्कृतलाई बुर्जुवा भाषा भनेर बन्देज गर्नेहरुले अहिले त्यहि भाषालाई जननी भाषा मानेका कुरा बुझेरै होला ।
बेतुकका कुरा :
मेरो वरिपरि अचेल बिभेदको पनि कुरा उठिरहेको छ , मैले जानेबुझे अनुसार संबिंधानले तोकेरै कसैलाई दमन गर्नुपर्छ भनेर भनेको छैन , जाति जनजाति भएकै कारणले हेपिनुपर्छ भनेर लेखेको कतै पनि देखेको छैन । पहिचानवादीहरुले कहाँ कहाँ बिभेदको पहिचान गरे, त्यो मलाई थाहा छैन । हो , केहि तत्वहरुले हिजो जात र धर्मको आधारमा गरेको बिभेदलाई आज तिनै जातको कारणले गर्दा मेरो पहिचान गुम्यो भन्नु कति जायज़ हो ? सिमीत मान्छेहरुले सत्तामा गरेको रजाईँलाई बाहुनवाद संग जोडेर मलाई समेत शासक बनाईन्छ भने हो, म बाहुन नै हो र बाहुनवादी हो ।
मलाई सम्झना छ : मैले हात्ती छाप चप्पलमा कपडाको तुनो हालेर, पछाडितिर फाटेको घुँडे कट्टुलाई भोटोले छोपेर स्कूल जाँदै गर्दा बाटैबाट भागेर माछा मार्नेहरु, हाफ़ छुट्टीमा भागेर चलचित्र हेर्न जानेहरु आज राजनीतिमा नेता र आरक्षणको कोटामा हाकिम भईरहेको देख्दा यो पहिचान भन्ने शब्द पनि मलाई हास्यास्पद लागेको छ , कहिलेकाहिँ यस्तो लाग्छ : किन बाहुन भएर जन्मेको हूँला !
अाजभोलि बाहुन क्षेत्रीलाई शरणार्थी भन्नेहरु सामाजिक मिडियामा बर्गेल्ती भेटिन्छन, प्रबिधिले सारा बिष्व एकै ठाउँ ल्याईदिँदा सयौँ बर्ष सम्म समाजमा संगै बसेकाहरु कसैको प्रायोजित नारामा शरणार्थी बनाईदा आरोप लगाउनेहरु कुन बेला त्यहिँको धर्ती धाँजा फाटेको बेला फुत्त निस्केका हुन् जान्न पाए हुन्थ्यो ! अनि फेरि ती धर्ती पुत्रहरुले आफ्नै शरणमा आएका शरणार्थीहरुलाई किन शेर बन्न दिएका होलान् ?
हो ! बाहुन भएकै आधारमा म कसैलाई भेदभाव गर्दिन, सबैले बाहुनले जस्तै जनै लगाउनुपर्छ म भन्दिन, कसैको जात पेशा र स्तर हेरेर मैले भेदभाव गर्न हुन्न र गर्दिन, मैले कसैको भाग हडपेको पनि छैन, तर बाहुनकै नश्लमा पैदा हुँदैमा म कसरी शासक भएँ,शरणार्थी भएँ र एलिट भएँ ? के सत्तासीन मेरो जातका मान्छे भएकै आधारमा मैले त्यसको क्षतिपूर्ति दिनुपर्ने? हुरी चल्यो भन्दैमा धुरी सराप्ने कि धुरी बलियो बनाउने ?
म बाहुनका संस्कारले लगाउनै पर्ने जनै लगाउँछु, यो मेरो पहिचान हो । अरुको पहिचान क़ायम गर्न मैले मेरो जनै फालेर या नफालेर अरुको जायज़ या नाजायज़ आन्दोलनको समर्थन या बिरोध पनि गर्नु छैन । जनै मेरो बिश्वास हो, अनुशासन हो, संस्कार हो । यसको लाज बचाउन म सधै प्रयासरत हुन्छु र हुनुपर्छ, मैले जनै धारण गरेकै आधारमा म अरुलाई सानो जात र वर्ण भनेर भेदभाव गरेकै छैन, गर्नेलाई पनि मन पराउँदैन । मैले लगाएको जनै देखेर कसैले गिज्याउँछ भने म गर्वका साथ भन्छु : ए महाशय ! हो म बाहुनवादी नै हो ।
मेरो बिश्वाश:
हो, बाहुन भएकै आधारमा कुनै दलितलाई म मन्दिर पस्न दिनुहुन्न भनेर अड्डी कँस्दिन, उसले छोएको पानी पिउन हुन्न भनेर नाराबाजी गर्दिन तर मैले पहिचानवादी हुनै पर्छ भनेर गोरुको मासु, सुगुरको मासु र भैसीको मासु वा खसीकै मासु खानुपर्छ भन्ने केहि छैन । हिन्दु संस्कारका नराम्रा पक्षलाई बोकेर कसैलाई दमन मैले गर्दिन तर मेरो राम्रो र कसैलाई हानी नगर्ने संस्कार, मेरो बिश्वास र मेरो भगवानलाई कसैले किन मान्छस, छाड्दे भन्छ भने मैले दृढ़ताका साथ भन्नै पर्छ : हो म बाहुनवादी नै हो । मैले अरुको धर्मको बिरोध नगरी आफ्नो धर्मको सुन्दर पक्षलाई आत्मसाथ गर्दा मलाई बाहुनवादी कसैले भन्छ भने : हो म बाहुनवादी हो ।
संबिंधानले अधिकार मात्रै होईन, कर्तब्य पनि दिएको छ, म आफ्नो अधिकार प्राप्तिका लागि कसैको खुशी वली चढाउँदिन तर कसैले मेरो अधिकारलाई जबर्जस्ती धावा बोल्न खोज्छ भने मैले दृढ़तापूर्वक भन्नै पर्छ : हो म बाहुनवादी नै हो ।
मेरो निष्कर्ष:
मेरो बुझाईमा पहिचान त अब गरीबी, अशिक्षा, बेरोज़गारी, अन्याय र अत्याचारको गर्नुपरेको छ, बिष्वले चन्द्रमा चुमेको यतिका बर्ष हुँदा हामी चाहिँ जात र भातको बखेड़ा निकालेर, एकले अर्कालाई दोषारोपण गरेर टिकिरहेका छौ । सबैले सबैको धर्मको सम्मान गरे पो समृद्दिको चुचुरो चुम्न सकिएला नत्र त खोई कुन्नि ? - दैनिक नेपाल बाट साभार :