काठमाण्डौँ, माघ २ । जिल्लामा खाद्यान्नको अभाव भइरहेको बेला नेपाल खाद्य संस्थान बाजुराबाट खरिद गरेको चामल सदरमुकाम मार्तडीका होटलमा अदिरा बनाउन प्रयोग भइरहेको खबर आजको अन्नपूर्णमा छापिएको छ।
होटल व्यवसायी र स्थानीयले खाद्य संस्थानको मार्तडीबाट किनेको चामलले घरेलु मदिरा उत्पादन गरिरहेका हुन् ।
होटेले व्यवसायी नरेन्द्र बुढाका अनुसार जिल्लामा अवैधरुपमा उत्पादन हुने मदिरा खाद्य संस्थानको चामलबाट बनाउने गरिएको छ।
केही दिनअघि उनको होटेलमा प्रहरीले छापा मारी तीन सय लिटर मदिरा बरामद गरेको थियो।
नाम नबताउने सर्तमा एक होटल ब्यवसायी महिलाले भनिन्,'आफूले संस्थानबाट किनेको चामल रक्सी र जाँड बनाउन प्रयोग गर्छु,'सदरमुकाम मार्तडीका सबैजसो होटेलले खाद्य संस्थानबाट चामल किनेर घरेलु रक्सी र जाँड बनाइरहेको एक होटेल व्यवसायीले बताए ।
संस्थान शाखा कार्यालय बाजुराका मेघराज ओझाले पहिलापहिला संस्थानको चामलबाट स्थानीयले मदिरा बनाउने गरेको पाइए पनि अहिले त्यो कार्यमा कमी आएको बताए । ‘हामीले त चामल खानलाई विक्री गर्ने हो, के प्रयोजनका लागि प्रयोग हुन्छ थाहा हुँदैन ।’
होटेलमा छापा मार्दा चामलबाट बनेको मदिरा फेला परेको जानकारी प्रहरी नायब निरीक्षक भीमनाथले दिए । बाजुरामा मदिरा सेवनका कारण हिंसात्मक घटना बढेको छ ।