नहेरे बाबा क्षितिजै पारि , तीजमा पाउँदिन आउनलाई….. बाबा पाउँदिन आउनलाई ….. यो मर्मस्पर्सी गीत समुधूर स्वरकी धनी प्रतिभावान गायिका श्रेयसी चेम्जोङ्ग लिम्बूले महिलाहरुको माहान चाड तीजको अवसरमा तयार पारेको एल्बम “श्रेयसी” को गीत हो । श्रेयसीले तीजको अवसर पारेर गाएका दुईवटा गीतहरु क्रमशः “नहेरे बाबा क्षितिजै पारि” र “चल्यो चल्यो चल्यो है चल्यो बरी लै” को छायाङ्कन गत हप्ता समापन भएको छ ।
सुन्दरीजलमा छायाङ्कन गरिएका यी दुबै गीतको छायाङ्कनका लागि स्थानीय समाजसेवी जनार्दन खड्काले आफ्नो घर उपलव्ध गराएर सहयोग गरेका छन् । समाजसेवी एवं साहित्यकार भानेन्द्र सम्बाहाङफे ‘जुझारु’ को शब्दमा तयार भएका गीतहरु क्रमशः “नहेरे बाबा क्षितिजैपारि” को लय संकलन भानेन्द्र सम्बाहाङफे ‘जुझारु’ ले गर्नुभएको हो भने “चल्यो चल्यो बरी लै”को लय संकलन संगीत संयोजक मनोज चौलागाइँले तयार पारेका हुन् भने दुवै गीतको संगीत संयोजन चौलागाइँले गरेका हुन् । निक्कै मर्मस्पर्सी ठेट पूर्वेली संगीनी नृत्यसमेत रहेको “नहेरे बाबा क्षितिजैपारि” चेलीहरुको पारिवारिक बाध्यता र जिम्मेवारीका कारण तीजमा माईत आउन नसक्ने चेलीको उद्गारका कथा–व्यथाहरु समेटिएका छन् भने अर्को निक्कै नै रमाईलो गरी तीजलाई स्वागत गरिएको “चल्यो चल्यो बरी लै तीजको रहर” भन्ने गीतले तीजलाई स्वागत गरिरहेको र तीजलाई रमाईलो गरी मनाउनु पर्छ भन्ने भाव व्यक्त भएको छ ।
केशव अधिकारीको छायाङ्कन रहेको यी दुवै गीतलाई चलचित्र निर्देशक माधव खरेलले निर्देशन एवं सम्पादन गरेका हुन् । खरेलका अनुसार नेपाली महिलाहरुको विशेष प्रकारको चाड हो तीज र तीजलाई विशेष प्रकारबाट मनाउनु पर्दछ तर कतिपय अवस्थामा विविध बाध्यात्मक परिस्थितिका कारण ती चाडहरुलाई विशेष गरी मनाउन सकिन्न । यस्तै किसिमका परिस्थितिका बावजुद तीजमा माईत आउन नसक्ने भावना व्यक्त गरेको छ एउटा गीत “नहेरे बाबा क्षितिजैपारि”ले ।
खरेलका अनुसार एउटी प्रतिभावान उम्दा गायिका श्रेयसी चेम्जोङ लिम्बूले गाएको पुर्वेली ठेट शैलीको यो गीतले दर्शक श्रोताहरुलाई निक्कै भावनात्मक रुपमा गाँस्ने छ र वास्तवमा तीजमा विविध कारणले माईत जान नसकेका चेलीहरुको मन सम्हाल्ने किसिमको गीतको भिडियो पनि सोही अनुरुपको बनेको छ र अर्को गीत साथी संगीनीहरु बीच तीजमा माईत गएर दर खाने, रमाईलो गर्ने एउटा बहार ल्याउने तथा विशेष रुपमा तीज मनाउने गन्थनलाई रमाईलो किसिमले प्रस्तुत भएको भएको छ । निशा शाहको नृत्य रहेको गीतमा नवोदित कलाकार सुनिता पौडेलले अभिनय गरेकी छिन् । source : hamroletang
Latest LokGeet तीज गीतहरु + More VideosLatest Today Various Entertainment + More Videos