आप्mनो दीप आपैm बनौं । यदि तपाई जीवनमा केही महान् गर्न चाहनुहुन्छ भने तपाईले अर्काको मुख ताक्न छोड्नु पर्छ । आप्mनो दीप उठाउनुस् र अघि बढ्नुस् । काम चाहे जति सानो किन नहोस यदि त्यस काममा तपाई निरन्तर लागिरहनु भयो भने एक दिन तपाई हुनुहुनेछ सफलताको उच्चतम् शिखरमा । कहिल्यै भ्रममा नपर्नुस् मसँग योग्यता नै छैन । अस्तीत्वले तपाईलाई पनि खाली पठाएको छैन, रित्तो पठाएको छैन । ठूलो योग्यता खोजेर नअलमलिनुस् । आपूmसँग भएको त्यही सानो योग्यताको पहिचान गर्नुहोस् र यात्रा शुरु गर्नूहोस् । त्यही सानो यात्राले एकदिन तपाईलाई महान् बनाउने छ । याद गर्नुहोस् अमेजन संसारको सबैभन्दा ठूलो नदी हो तर त्यसको उद्गम स्थलमा एक थोपा पानी पनि निकै सेकेण्डको फरकमा खस्ने गर्छ । म त एकएक थोपा त झर्छु भनेर अमेजनले यात्रा रोकेको भए अमेजन संसारको सबैभन्दा ठूलो नदी हुने नै थिएन । त्यसकारण म के गर्न सकौंला भनेर चुप लागेर नबस्नुस् । प्रगतिपथमा अघि बढ्नुस् । बढिरहनुस् । एक दिन सफलता निश्चित छ ।
↧
Amazing Motivational Speech by Punya Prasad Prasai
↧