
राजविराज, जेष्ठ २२ । सप्तरीको हनुमाननगर नगरपालिका वडा नम्बर ५ हनुमाननगर बजारमा एक दम्पत्तीको रहस्यमय हत्या भएको छ । स्थानीय ५२ वर्षीय प्रेम बेगानी र ४२ वर्षीया सरु बेगानीको गएराति सुतिरहेको अवस्थामा हत्या भएको हो । अज्ञात समूहले घरभित्रै पसेर उनीहरुको हत्या गरेको आशंकामा छानबिन अघि बढाइएको प्रहरीले जनाएको छ । बिहान अवेरसम्म पनि घरको ढोका नखोलेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बेगानी दम्पत्तीले हनुमाननगर बजारमा कपडा पसल सञ्चालन गर्दै आएका छन् । - इमेज खबर