Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

सोनाक्षीसँग सिनेमा खेल्न मानेनन् साहरुख

$
0
0
बलिउडका दबंग खान सलमानसँग पर्दामा जोडी सुहाएकी नायिका सोनाक्षी सिन्हा भाग्यमानी मानिन्छिन् । उनले अभिनय गरेका अधिकांश सिनेमाले राम्रो व्यापार गरेका पनि छन् । सोनाक्षीले सलमान, अजय, अक्षय, शाहिद जस्ता चर्चित स्टारसँग मात्र काम गरेकी छिन् ।बलिउडमा भाग्य चम्काएकी सोनाक्षी सुपरस्टार नायक साहरुख खानसँग भने स्त्रिmन शेयर गर्न असमर्थ छिन् । उनले आजसम्म साहरुखसँग कुनै पनि सिनेमामा अभिनय गरेकी छैनन् । उनको यो चाहना तत्काल पुरा नहुने देखिएको छ । यशराज ब्यानरको निर्माणमा तयार हुन लागेको नयाँ चलचित्र ‘फ्यान’का लागि सोनाक्षीको नाम अघि सारिएको थियो । तर साहरुखले सोनाक्षीको नामलाई अस्विकार गरिदिएको भारतीय संचारमाध्यहरुले जनाएका छन् । साहरुखले सोनाक्षी मसला सिनेमामा मात्र फिट भएको भन्दै अस्विकार गरेका हुन् । नायिका परिणिती चोपडाको नामलाई निर्माता आदित्य चोपडाले अस्विकार गरेका थिए । तर आदित्यले नै सोनाक्षीलाई अघि सारेपनि साहरुखले अस्विकार गरिदिएका छन् । ‘फ्यान’ सिनेमामा सोनाक्षीसँग अभिनय गर्न अस्विकार गरेपछि साहरुखका लागि नयाँ हिरोइनको खोजी सुरु भएको छ । निर्माणपक्षले साहरुखसँग आजसम्म अभिनय नगरेकी नायिकालाई सिनेमामा लिन चाहन्छ । यसैले पनि सन् २०१४ को मे महिनाबाट छायांकन सुरु हुने भनिएको यो सिनेमामा नायिका को हुन्छिन् भन्ने बहस सुरु भएको छ ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>