भारतको चर्चित टेलिभिजन कर्लसबाट प्रशारण हुँदै आएको ‘बीग बोस सिजन ७’ को बिषयलाई लिएर थुप्रै खालका आलोचना भइरहेका छन् । हालै मात्र प्रतियोगी सोफिया हायतलाई पिटेको आरोपमा अर्का प्रतिस्पर्धी अरमान कोहली प्रहरीको थानमा पुगिसकेका छन् ।
यसैबीच ‘बीग बोस’का पूर्व प्रतिस्पर्धी कमल आर खानले कुशल र गौहर, तनिषा र अरमान बिच सेक्स सम्बन्ध हुने गरेको गम्भिर आरोप लगाएका छन् । ‘बीग बोसको घर भित्र यो जोडी शारीरिक सम्बन्ध राखिरहेको छ, यो सबैका लागि दुर्भाग्य हो । नेशनल टेलिभिजनमा यस्तो सम्बन्ध राखेर यिनीहरुले बेइज्जत गरिरहेका छन्’, कमलले ट्विटरमा ट्विट गर्दै भनेका छन् ।
हालै मात्र प्रशारित एक कार्यक्रममा गौहर र कुशल बाथरुम भित्र लामो समयसम्म बसेको देखाइएको थियो । टेलिभिजनमा बाथरुम भित्रबाट विभिन्न खालका आवाज आएका थिए । यस्तै केही दिन अघि प्रशारित कार्यक्रममा तनिषा र अरमान बाथरुम भित्र लामै समय बसेका थिए ।
कमलले तनिषाले देवगन परिवारको नै इज्जत फालेको बताएका छन् । यता गौहर खानका कारण आफूलाई अब खान भन्न पनि लाज लाग्न थालेको कमलको तर्क छ । कमलको यो आरोपलाई घर बाहिर आएपछि यि प्रतिस्पर्धीहरुले कसरी लिने हुन्, त्यो भने हेर्न बाँकी नै छ ।