Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

चोरबाट किन्दा ५० हजार, बेच्दा अढाइ करोड

$
0
0

काठमाडौं : वास्तविक चोरले जम्मा ५० हजार लिएर बिक्री सुरु गरेको भगवान् बुद्धको मूर्ति विदेशीसँग कारोबार हुने बेलासम्म ५० लाख पुग्यो। खरिदकर्ता तयार हुनुअघि तहतहका मूर्ति तस्करहरूले त्यो मूर्तिलाई कोट्याए, परीक्षण गरे अनि हजारबाट लाख र लाखबाट अढाइ करोडसम्म मूल्य तय गर्न सके। तर १३ र ६ किलो तौल भएका सुनसहित आठवटा धातुले बनेका बुद्धका मूर्ति विदशीको हातमा पर्न भने पाएनन्।

काठमाडौंको गौशालास्थित होटेल महाराजाको कोठा नं १०९ मा बसेर नवीनग्राम प्रावि नाङ्लेभारेका शिक्षक कुलप्रसाद दंगाल आफ्ना ४ जना सहयोगीसहित काभ्रेबाट चोरेर ल्याइएको सय वर्षभन्दा पनि पुरानो १३ किलोको सुनौलो बुद्धको मूर्तिको मोलमोलाइ करोडमा गरिरहेका थिए। त्यस्तै भयो दिनेश श्रेष्ठ भन्ने वसन्त सुनार, मानबहादुर गुरुङ र रमेश श्रेष्ठलाई पनि।

उनीहरू ललितपुरको बालकुमारीचोकस्थित यात्रु प्रतीक्षालयमा नुवाकोटबाट चोरेर ल्याएको ६ केजी तौलको उस्तै बुद्धमूर्ति १० लाखमा बार्गेनिङ गरेर खरिदकर्ता कुरिरहेका थिए। शिक्षक दंगाल र उनको टोलीका सुदर्शन सुनुवार, कुमार लकाई, मानध्वज तामाङ र सोनाम लामा २५ मंसिरमा केन्द्रीय अनुसन्धान ब्युरोको फन्दामा परे। त्यसको भोलिपल्टै नुवाकोटबाट चोरेको मूर्ति बेच्न खोज्ने टोलीलाई ब्युरोले नै समात्यो।

नेपालबाट चीनतिर पुरातात्त्विक महत्त्वका मूर्तिहरू बेच्ने गिरोह खोज्ने क्रममा प्रहरीले यी दुईवटा टोली फेलापारेको थियो। मूल्यवान् मूर्तिहरू बरामद गर्न सके पनि प्रहरीले चिनियाँ व्यापारीसम्मको गिरोह भने फेला पार्नसकेको छैन। भर्खरभर्खर मूर्ति तस्करीमा आएकाले मूर्तिको उत्पत्ति र किन्नेसम्मको गिरोह खुल्न नसकेको ब्युरोका प्रमुख डीआईजी प्रकाश अर्यालले बताए।

मूर्तिसहित फेला पर्नेहरूमा गलैंचामा काम गर्ने, माला बनाउने र मूर्ति नै बनाउने मजदुर पनि छन्। पक्राउ परेकाहरूको योग्यता र स्तर हेर्दा उनीहरू गिरोहबाट प्रयोग भएको हुनसक्ने अनुमान प्रहरीको छ। प्रहरीले उत्पत्तिस्थान र प्राचीनताबारे अध्ययन गरी प्रतिवेदन दिन दुवै मूर्ति पुरातत्त्व विभागमा पठाएको छ।

बुद्धका मूर्ति चोरी बढ्यो

पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा नेपालका विभिन्न स्थानबाट बुद्धका मूर्ति चोरीने क्रम बढेको छ। २०६७ साल माघ २ देखि २०७० साल मंसिर २५ गतेसम्मको तथ्यांकअनुसार नेपालका विभिन्न स्थानबाट नौ थान बुद्धका मूर्ति चोरी भएका छन्।

बुद्धका मूर्तिबाहेक सोही अवधिमा गौरात्री भीमसेनको एक थान मूर्ति र दुई थान हस्तलिखित पुरातात्त्विक किताबसमेत हराएका छन्। मूर्ति चोरीमा संलग्न ५६ जना पुरु ष र दुईजना महिलालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
- अन्नपूर्ण पोष्ट
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>