Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

आमाले दोस्रो विवाह र बाबुले आत्महत्या, पाँच सन्तानको विचल्ली

$
0
0
पुस ४, विराटनगर : मोरङको लेटाङ ३ का १४ वर्षीय आशिष चौलागाई आठ दिनदेखि आफ्ना बुवा अभिनारायणको किरियामा बसेका छन्। गत आइतबार अभिनारायणले आत्महत्या गरेपछि बैद्धिक परम्परा अनुसार छोरा आशिष आफ्ना बुवाको किरियामा बसेका हुन्।

बुवाले आत्महत्या गरेसँगै आशिषलाई बैद्धिक परम्परा अनुसार किरियामा बस्नु पर्ने अवस्था आएको हो। खाने, खेल्ने र आफ्नो बौद्धिक विकास गर्ने समयमा उनको काँधमा चार भाईबहिनीका लागि अभिभावकत्वको भूमिका निर्वाह गर्नु पर्ने जटिल जिम्मेवारी थपिएको छ। उनका काँधमा भाई बहिनीको लालनपालन र हेरचाह गर्नु पर्ने जिम्मेवारी थपिएको स्थानीय बासिन्दाले बताए।

कलिलो काँधमा अभिभावकत्वको जिम्मेवारी निर्वाह गर्नु पर्ने जटिल समस्या उनलाई जन्म दिने बुवा र आमाले नै निम्त्याई दिएका हुन्। तीन महिना अघि उनकी आमा अम्बिका चौलागाईले पाँच सन्तान र पति त्यागेर दोस्रो विवाह गरिन्।

पत्नीले दोस्रो विवाह गरेपछि ससाना छोराछोरीको लालनपाल र स्याहार सुसार गर्दै आएका अभिनारायणले पनि गत आइतबार आत्महत्या गरेपछि चौलागाई परिवारका पाँच सन्तानको विचल्ली भएको छ । अहिले आशिष त्यसरी आफुलाई विचल्ली बनाएर आत्महत्या गर्ने बाबुकै काजकिरिया गरिरहेका हुन्।

आशिषमाथि भाइबहिनीहरु १२ बर्षिय अविश, १० बर्षिय अस्मिता, ८ बर्षिय अनिल र अढाई बर्षका आयुसको लालनपालन र शिक्षा दिक्षाको जिम्मेवारी आएको छ। शिक्षा विकास माध्यमिक विद्यालय लेटाङमा उनीहरु मध्ये आशिष र अविश कक्षा ६ मा, बहिनी अस्मिता ४ मा र अनिल कक्षा १ मा अध्ययनरत छन्। 

घरको आर्थिक अवस्था एकदमनै नाजुक रहेका बेला आमाले दोस्रो विवाह र बुवाले आत्महत्या गर्दा नाबालक छोराछोरीको कन्तविजोग भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल धिमालले जानकारी दिए।

चौलागाई परिवारको घरको आर्थिक अवस्था एकदमनै कमजोर छ उनले भने अभावनै अभावका विचमा बुवा आमाको मुर्खताका कारण अवोध बालबालिकाको विचल्ली भएको छ। बुवा आमा नभए संगै बालबालिकाले खान समेत नपाउने अवस्थाको सिर्जना भएको छ धिमालले भने अवका दिनमा उनीहरुले पढाईलाई निरन्तरता दिन सक्ने अवस्थापनि छैन ।

बालबालिकाको हेरचाह अहिले काका खचिन्द्रले गरिरहेका छन्। खचिन्द्र गत बुधवार विदेश जाने तयारीमा थिए। दाजु भाउजुको मुर्खतापूर्ण निर्णयका कारण ससाना भतिज भतिजिनीहरुको विजोग भएपछि उनी विदेश जाने कार्यक्रम रद्ध गरेर बसेका छन्। काका खचिन्द्रले भने घरको आर्थिक अवस्थाका कारण उनीहरुको लालनपालनमा समस्या हुने देखिएको छ।

उनले भने यी पनि मेरै छोराछोरी हुन भन्ने सम्झेर उनीहरुका लागि काम गर्ने छु। पारिवारीक आर्थिक समस्याका कारण आफ्ना दुई सन्तान सहित थपिएका पाँच जनालाई कसरी हुर्काउने भन्ने चिन्ता बढेर गएको र घरको आर्थिक अवस्थापनि एकदमनै नाजुक रहेको उनले सुनाए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिमालले बाबु आमाका कारण विचल्लीमा परेका उनीहरुलाई गाँस, वास, कपास, शिक्षा र स्वास्थ्यको प्रबन्ध कसरी मिलाउने भन्ने समस्या बढेर गएको बताए। आशिष आफै बालक भएका कारण उनले अन्य भाई बहिनाका लागि अभिभावकत्वको भूमिका निर्वाह गर्न नसक्ने बताउँदै धिमालले आशिषकै लागि दरिलो संरक्षणको खाँचो रहेको जानकारी दिए।

सम्पतिको नाममा अर्काको जमिनमा बनाएको झुपडी घर मात्र भएका अभिनारायण सामान्य धामी झाँक्री गर्दथे। उनको विवाह १५ बर्ष अघि इलाम धुसेनीकी अम्बिका चापागाईसँग भएको थियो। अम्बिका भन्दा अभिनारायण २३ बर्षले जेठा थिए।
- अन्नपूर्ण पोष्ट
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>