Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

पेन्सन माग्दै वेश्याहरु अदालतमा

$
0
0
नेदरल्याण्डका यौनकर्मी महिलाहरुले पुरषसरह पेन्सन सुविधा माग गर्दै अदालत गुहारेका छन् । आफूहरुले फुटबल खेल झैं कठिन र परिश्रमी काम गर्नु परेको हुँदा पेन्सन सुविधा चाहिएको उनीहरुको जिकिर छ ।

फुटबल खेलाडी झैं यौनकर्मीहरु पनि जीवनको महत्वपूर्ण समयमा कठिन शारीरिक मेहनत गर्नुपरेको तथा क्यारियर अवधि पनि लामो समय चल्न नसक्ने हुँदा पेन्सन सुविधा चाहिएको उनीहरुका वकिल विल पोष्ट बताउँछन् । “पुरुषको आकर्षण युवती अवस्थामा मात्र हुन्छ, बुढेसकाल लाग्दै गएपछि कसैले हेर्दैनन्” पेन्सन सुविधाको आवश्यकताबारे उनले भने “यौनकर्मी महिलाको सुखद भविष्यको लागि पेन्सन जरुरी छ ।”

यसरी दिइने पेन्सनमा कर छुटको पनि माग गरिएको छ । नेदरल्याण्डमा फुटबल खेलाडीलाई मासिक पाँच हजार युरोसम्मको पेन्सन रकममा कर लाग्दैन । सन् २००२ मा वेश्यावृत्तिलाई वैधता दिइएको यो मुलुकमा यौनकर्मीलाई कूल आयकरको आधा कर तिर्नुपर्ने नियम बसाइएको छ ।

यहाँका यौनकर्मीहरु आफ्नो योग्यताको बारेमा स्थानीय अखबार, इन्टरनेट आदिमा व्यवसायिक विज्ञापन पनि दिन पाउँछन् । यौन व्यवसायलाई उदार रुपमा लिने मुलुकमा नेदरल्याण्ड पनि एक हो ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>